‘अदालतले संसद पुनःस्थापना गर्छ, देउवालाई प्रधानमन्त्री बनाउँछ’ – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

‘अदालतले संसद पुनःस्थापना गर्छ, देउवालाई प्रधानमन्त्री बनाउँछ’

prachanda


नयाँ बिकल्प,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएकाले सर्वोच्च अदालतले सो निर्णय खारेज गरी संसद पुनस्थापना हुने बताएका छन्।

नेपाली कांग्रेस, नेकपा माओबादी, एमाले माधव नेपाल समूह, जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालको पाँच दलिय गठबन्धनले शनिबार संसद भवन नयाँबानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले अदालतले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री समेत बनाउने विश्वास व्यक्त गरेका हुन्।

उनले संविधान अनुसार सर्वोच्च अदालतले निर्णय गर्छ, आदेश दिन्छ भनेर बोल्दा प्रधानमन्त्री ओलीले अदालतमा हस्तक्षेप गर्यो भन्दै आलोचना गर्न खोजेको भन्दै आपत्ति जनाए।

प्रधानमन्त्री ओली र उनका कानून व्यवसायीहरुले राष्ट्रपतिले गरेका निर्णयमाथि सर्वोच्च अदालतले आदेश दिन सक्दैन भनेर अदालतलाई धम्क्याउन थालेको दाहालको जिकिर थियो।

उनले भने, ‘शाही शासन कालमा राजाले गठन गरेको शाही आयोग समेत विघटन गर्ने फैसला दिने अदालतलाई आज ओलीले धम्क्याइरहेका छन्।’

अध्यक्ष दाहालले आफूहरुको गठबन्धन आफूहरु प्रधानमन्त्री बन्नकै लागि नभएको दोहोर्याउँदै आफू र माधव नेपालको प्रस्तावमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सारिएको स्पस्ट पारे।

प्रधानमन्त्री ओलीप्रति निकै आक्रोसित भएका दाहालले देशमा समृद्धि र बिकासको लहर आओस भनेर एमालेसँग माओबादी एकीकरण गरेको तर ओलीसँग जे सहमतिमा हस्ताक्षर गर्यो त्यही च्यात्दै हिँड्ने झुट र बेइमानीको पराकाष्टा भएको आरोप लगाए।

संविधान र स्वाधिनता तथा सार्वभौमसत्ताको रक्षाको लागि पाँच दलिय गठबन्ध गरिएको भन्दै दाहालले नेकपामा हुँदा आर्फले गुठी विधेयक, मिडिया काउन्सिल विधेयकको बिरोध गरेको दाबी गरे।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार १२, २३: १०

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार १२, २३: १०

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार १२, २३: १०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...