
नयाँ बिकल्प,
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको संवैधानिक राष्ट्रपति भएर पनि राजाको भन्दा निरंकुस हुन खोजेको र प्रधानमन्त्रीको कार्यकर्ता जस्तो भएर काम गरेको आरोप लगाएका छन्।
आफ्नो नेतृत्वमा रहेको प्रधानमन्त्री ओलीबिरुद्धको पाँच दलिय गठबन्धनको तर्फबाट शनिबार राजधानीमा आयोजित पत्रकार अन्तरक्रियामा देउवाले गणतन्त्रमा राष्ट्रपतिले आफ्नो गरिमा आफै गिराउँदै प्रधानमन्त्री ओलीले जे भन्यो त्यही गरेको आरोप लगाएका हुन्।
देउवाले संविधान बमोजिम १ सय उनन्चास सांसदले हस्ताक्षर गरेर बुझाएपछि तयो कार्यान्वयन नगरी राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको भन्दै आक्रोस व्यक्त गरे। उनले राष्ट्रपति नै निष्पक्ष हुनु पर्नेमा प्रधानमन्त्रीबाट डराएर उसले जे भन्यो त्यही मान्ने गरेको दाबी गरे।
‘संविधानभन्दा माथि राष्ट्रपति हुँदैन । संविधानमा स्पस्ट छ कि कुनै पनि सांसदले बहुमत भएको आधार देखाएमा प्रधानमन्त्री नियुक्ति गर्नु पर्छ। तर राष्ट्रपतिले संसद किन भंग गरेको ? यो राष्ट्रपति शासन हो?’ देउवाको प्रश्न थियो ।
देउवाले संविधानको अन्तिम व्याख्या सर्वोच्च अदालतले गर्ने भन्दै संबैधानिक परिषद् सम्वन्धी अध्यादेश ल्याएर गरिएको भण्डै ५० बढीको नियुक्ति संसद पुनस्थापना गरेर उल्टाई दिने बताए।
उनले पछि संसदले त्यो अध्यादेश नै हामी मिलेर फेल गराइ दिन्छौं अनि त्यो नियुक्ति सबै सच्चिने बताए ।
पूर्वप्रधानमन्त्रीहरु द्याहाल र नेपालतर्फ संकेत गर्दै देउवाले उहाँहरुसँग मिलेर र सल्लाह गरेर अघि बढ्ने विश्वास दिलाए।

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...