
नयाँ विकल्प,
काठमाडाैं- लामाे समयदेखि राेकिएकाे आन्तरिक उडान आगामी विहीबारदेखि सञ्चालनमा आउने भएकाे छ ।
सरकारले आन्तरिक हवाइ उडान असार १७ गतेदेखि खोल्ने भएको हाे ।
कोरोना भाइरस संक्रमण बढेपछि उडान रोकिएको थियो। अब कोरोना संक्रमित संख्या घट्दै गएकोले उडान खोल्न लागिएको छ। विमानस्थल टर्मिनलको क्षमताअनुसार भिडभाड नहुने गरी वायु सेवा कम्पनीले १० मिनेटको अन्तरालमा जहाज उडान गर्नुपर्नेछ।
नियमित उडानको आधा संख्यामा एयरलाइन्सले जहाज उडाउन पाउनेछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलले जनाएअनुसार बुद्ध एयरलाई दिनमा ३१ उडान गर्न दिइने भएको छ।
यस्तै यति एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई ७, सौर्यलाई ३ र एसटिओएलतर्फ उडान गर्नेलाई तीन/तीन उडान स्वीकृति दिइएको छ।
साथै सरकार र विमानस्थलबाट जारी गरिएको स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रूपमा यात्रुले पालना गर्नुपर्नेछ। विमानस्थल सुरक्षा समितिको आइतबार बसेको बैठकले स्वास्थ्य मापदण्ड कडाइ साथ लागू गर्न कार्यान्वयन समिति र सुपरीवेक्षण समिति पनि बनाएको छ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...