
नयाँ विकल्प,
काठमाडाैं-वीरगञ्जबाट काठमाडौं आउँदै गरेकाे ट्रक त्रिशुलीमा खसेकाे छ ।
मंगलबार बिहान करीब साढे १ बजे बेनीघाट रोराङ गाउँपालिकास्थित पृथ्वी राजमार्गको चरौँदी ज्यामिरे घाटबाट ट्रक त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएकाे छ ।
वीरगञ्जबाट काठमाडौंमा कपडा बोकेको ट्रक खसेको हुनसक्ने आशंका गरिएकाे छ । ना ३ ख ८०७४ नम्बरको ट्रक आशंका प्रहरीले गरेको छ।
यद्यपी अहिलेसम्म ट्रक र चालक फेला परेको छैन। ट्रक खसेको चिन्हहरू देखिएका छन् र सामानहरू खसेको देखिएकाे छ ।
त्यही नम्बरको ट्रक हो भन्ने दाबी नै गर्न सकिने अवस्था छैन । अहिलेसम्मको नदीको बहाब पनि धेरै भएकोले फेला खाेजीकार्यमा समस्या परेकाे प्रहरीले जनाएकाे छ ।
यधपी बिहानैदेखि गोताखोर, प्रहरीलगायतको टोलीले नदीमा ट्रक तथा चालकको खोजी भइरहेकाे छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...