एमाले १०औं महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवासमा बस्दै – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

एमाले १०औं महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवासमा बस्दै


नयाँ बिकल्प,

काठमाडौं – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बिहान बसेको बैठकमा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक कायम गर्ने तयारी रहेको बुझिएको छ।

करिव एक सय जना मात्र उपस्थित सो बैठकमा माधवकुमा र नेपाल पक्षका कुनै पनि नेता उपस्थित छैनन्। बैठकमा वरिष्ठ नेता नेपालसहित कारबाहीमा परेका ११ जनाबाहेक सबैलाई बोलाइएको थियो। माधव नेपाल समूहले विधानले नचिन्ने बैठक गुटको भएकाले अनुपस्थित भएको जनाएको छ।

२०७७ फागुन २८ मा अध्यक्ष ओलीले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व खारेज गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए। सो कमिटीमा पूर्वमाओबादी परित्याग गरी एमालेमा आएका रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, गौरिशंकर चौधरी लगायतका नेता उपस्थित थिए।

बैठकमा भाग लिन लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल, बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पनि उपस्थित भएका छन्।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार १६, १३: ४१

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार १६, १३: ४१

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार १६, १३: ४१

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...