थुनुवालाई हिरासतबाट छुटाएर झण्डावाल गाडीमा राख्ने मन्त्री श्रेष्ठको एमाले बैठकमा राजिनामा माग – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

थुनुवालाई हिरासतबाट छुटाएर झण्डावाल गाडीमा राख्ने मन्त्री श्रेष्ठको एमाले बैठकमा राजिनामा माग


नयाँ बिकल्प,

काठमाडौ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजिनामा माग गरिएको छ।

नेकपा एमालेको १४औं राष्ट्रिय महाधिवेशन अयोजक कमिटीको बैठकमा केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठले जातिय विभेदको आरोपमा थुनामा रहेकी एक महिलालाई प्रहरी हिरासतबाट छुटाएर झण्डावाल गाडीमा राखी घर पुर्याएको भन्दै राजिनामा माग गरेका हुन्।

नेता विश्वकर्माले जातीय विभेदलाई प्रश्रय दिने काम गरेकाले मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग गरेका हुन्। मन्त्री श्रेष्ठको कदमबारे अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गम्भीर हुन आग्रह गरेका छन्।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको तर्फबाट समेत प्रधानमन्त्री ओलीलाई गम्भीर ध्यानाकर्षण गराइएको छ। संचारकर्मीसमेत रहेकी रुपा सुनारलाई दलित भएकै आधारमा काठमाडौंको बबरमहलकी सरस्वती प्रधानले खाली कोठा भाडामा नदिने भनेपछि प्रहरीमा उजुरी परेको थियो।

रुपा सुनारको जाहेरीको आधारमा जातिय विभेद गरेको भन्दै महानगरिय प्रहरी बृत्त सिंहदरबारले प्रधानले गत असार ६ गते उनको घरैबाट पक्राउ गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो।

शिक्षा मन्त्री श्रेष्ठले दलबल सहित नारा जुलुस लगाएर प्रहरी बृत्त सिंहदरबार गएर प्रहरी अधिकृतलाई धम्क्याउँदै थर्काएर ति महिलालाई थुनमुक्त गरी मन्त्रीको हैसियतमा प्रयोग हुने झण्डावाल गाडीमा चढाएर उनको घर बबरमहलसम्म छाडेका थिए।

जातिय छुवाछुत र विभेदको आरोपमा थुनामा रहेकी महिलालाई मन्त्रीले नै संरक्षण गरिएको भन्दै राजधानीमा दिनहुँ जुलुस प्रदर्शन हुँदै आएका छन्।

सम्बन्धित समाचार

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०७८ असार १६, १४: २६

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार १६, १४: २६

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ असार १६, १४: २६

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...