
नयाँ बिकल्प,
काठमाडौं – नेकपा एमाले १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटीको बैठक आगामी असार १८ गते शुक्रबार बोलाएको छ।
एमाले १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
बैठकले स्थायी कमिटीमा माओबादी केन्द्र परित्याग गरी आएका निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’, निवर्तमान खानेपानी मन्त्री लेखराज भट्ट र निवर्तमान उर्जामन्त्री टोपबहादुर रायमाझीलाई चयन गरेको छ।
बैठकले एमाले केन्द्रीय सदस्य तथा सरकारका उपप्रधानमन्त्री रघुवीर महासेठ, बरिष्ठ नेता माधव नेपालनिकटका केन्द्रीय सदस्य रघुी पन्त, प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र दुई दिनअघि एमाले परित्याग गरी स्वतन्त्र बनेका सांसद बेदुराम भुसाललाई पनि स्थायी कमिटी सदस्यमा मनोनीत गरिएको छ।
बैठकले कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको कामको उच्च प्रशंसा गरेको थियो भने सबै नागरिकलाई खोप दिलाउन सरकारलाई अनुरोध पनि गरेको छ।
बैठकले बाढी, पहिरोजस्ता विपदमा उद्दार र राहतमा सरकारले खेलेको भूमिकाको उच्च प्रशंसा गरेको र वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्मा पनि पार्टीले लिने निर्णय भएको प्रवक्ता ज्ञवालीले बैठकपछि संचारकर्मीलाई जनाए।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...