
नयाँ बिकल्प,
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १७ गते अर्थात जुलाई २०२१ देखि एक महिनासम्मको लागि २१ वटा अन्तर्राष्ट्रिय नियमित उडान गर्ने भएको छ।
प्राधिकरणले मन्त्रीपरिषद्बाट स्वीकृत भएको तालिका बुधबार सार्वजनिक गर्दै भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकी नियमित उडान खुल्ला गरेको हो।
नियमित उडान नहुँदा सरकारको अनुमतिमा चार्टर्ड फ्लाईट भन्दै हिमालयन एयरलाइन्सले दोब्बर भाडा असुल गरी नेपाल आउने र जानेलाई आर्थिक शोषण गर्दै आउको थियो। कोरिया र चीनबाट भने अझै वायुसेवा कम्पनीले उडानको अनुमति पाएको छैन्।
अनुमति दिएका मुलुकमा नेपाल र सम्बन्धित मुलुक दुबैतर्फका वायुसेवा कम्पनीले समान उडान अनुमति पाएका छन्।
नेपालका कम्पनी नजाने गन्तब्यमा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेछ । कोरिया, टर्की, कुवेत र ओमानमा नेपाली वायुसेवा कम्पनीका कुनै पनि जहजले उडान भर्ने गरेका छैनन्।
एक्काई उडानबाट ति हवाईसेवाले नयाँ दिल्ली, दोहा, दुवई, इस्तानबुल, सारजहाँ, आबुधावी, दमाम, कुवेत, मस्कट, क्वालालम्पुर र नारिता रहेका छन्। त्यस्तै इन्चोन र चेन्दु तथा ग्वान्जाओको लागि कोरियन एयरलाइन्स र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले अनुमति दिएका एयरलाइन्सलाई थप उडान भर्न दिने प्राधिकरणले जनाएको छ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...