काठमाडौं । पूर्व गृहमन्त्री दानबहादुर शाहीको ७६ वर्षको उमेरमा हिजो निधन भएको छ । श्वासप्रश्वास, मुटु सम्बन्धी रोग र मृगौला समेत फेल भएर काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइराखेका उनको उपचारको क्रममा क्रममा हिजो विहान उनको निधन भएको उनको पारिवारिक स्रोतले बतायो ।
तत्कालिन राजा ज्ञानेन्द्र शाहको शासनकालमा गृहमन्त्री भएका शाहीले निकै लामो समयसम्म निजामति सेवामा बिताएका थिए । उनी अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी समेत भएर काम गरेका थिए । उनकै हिजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...
काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...