
नयाँ विकल्प,
काठमाडाैं- नेपाली कांग्रेसकाे पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
कांग्रेसमा क्रियाशीत सदस्यताबारे विवाद टुङग्याउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका हुन् । महाधिवेशन तयारी सम्बन्धी छलफलका लागि पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेकाे हाे ।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले महाधिवेशन तयारीबारे बैठक बस्न लागेको जानकारी दिए ।कांग्रेसमा क्रियाशील सदस्यताबारे विवाद छ।
आठ लाख ३० हजार क्रियाशील सदस्यमध्ये अहिलेसम्म ५ हजार उजुरी परेका छन् भने सिन्धुपाल्चोक, बारा, सप्तरी र रूकुम पश्चिमबाट क्रियाशील सदस्यता इन्ट्री भइरहेका छन्। वडा तहबाट सिफारिस नभईकन क्रियाशील सदस्यको सूचीमा नाम आएपछि विवाद देखिएका छन्।
केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानविन समितिले क्रियाशीलबारे देखिएका विवाद हल गर्दैछ। आजको बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी र क्रियाशील सदस्यता छानविन समितिका संयोजक लेखक सहभागी हुनेछन्।
यसअघि पनि देउवाले शीर्ष नेताको बैठक राखे पनि क्रियाशीलका मापदण्डबारे नेताहरूबीच सहमति हुन सकेको थिएन।
कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म छ।
वडा अधिवेशन साउन १२ गतेदेखि छ। उक्त अधिवेशनका लागि क्रियाशील सदस्यको नामावली तयार भइसक्नुपर्ने हुन्छ किनभने अधिवेशनका मतदाता क्रियाशील सदस्य हुन्छन्।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...