सभापतिको उम्मेदवार बन्ने निष्कर्षमा पुगेका शशांकको प्रस्ताव– भावी प्रधानमन्त्रीमा सिंह – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

सभापतिको उम्मेदवार बन्ने निष्कर्षमा पुगेका शशांकको प्रस्ताव– भावी प्रधानमन्त्रीमा सिंह


नयाँ बिकल्प,

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको उम्मेदवारीबिरुद्ध आफू नै सभापतिमा उम्मेदवार बन्ने तयारी गरेका छन्।

विगत एक सातादेखि राजनीतिक प्रतिष्पर्धीसँगको छलफल र सर–सल्लाहमा जुटेका कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका कान्छा छोरा डा. शशांक कोइरालाले आफू उम्मेदवार भए मात्र सभापतिमा पुनः प्रतिष्पर्धामा उत्रने देउवालाई परास्त गर्न सक्ने दाबी गरेका छन्।

उनले आफ्ना दाजु (काकाको छोरा) कांग्रेस नेता डा. शेखर कोइरालाभन्दा आफू सिनियर भइसकेको भन्दै सभापतिका अर्का आकांक्षी तथा पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका छन्।

पार्टीको नीति र सिद्धान्तविपरित पार्टी नेतृत्वलाई बहुपदिय प्रणालीमा लगेको प्रति असन्तुष्ट कोइरालाले कांग्रेसलाई ‘प्रेसिडेन्सियल प्रणाली’मा लैजान पार्टी विधानलाई नै आफू निर्वाचित भएपछि परिवर्तन गर्ने पक्षमा आफू निकटकाहरुसँग सल्लाह गर्न थालेका छन्।

डा. कोइरालाले आफू दोहोर्याएर पार्टी सभापति नहुने भन्दै भावी सभापतिको रुपमा पनि लौहपुरुष गणेशमान सिंहका पुत्र प्रकाशमान सिंहलाई अघि सार्ने भएका छन्। एक साता अघि कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधीका छोरा तथा पार्टी उपसभापति विमलेन्द्र निधी र सिंहसँग भेटेका कोइरालाले दुई दिनअघि पनि दुई नेतासँग छलफल गरेका छन्।

पार्टी सभापति देउवा इत्तरको समूहको नेतृत्व गर्दै आएका नेता रामचन्द्र पौडेललाई बरिष्ठ नेता वा भावी राष्ट्रपत र सभापतिका अर्का आकांक्षी विमलेन्द्र निधीलाई पार्टी बिधानमा संशोधन गरी बरिष्ठ उपसभापति पद सृजना गर्ने र मनोनित गर्ने योजना बनाएका छन्।

महामन्त्री समेत रहेका बिपिपुत्र डा. शशांकले सभापतिका अन्य आकांक्षी डा. शेखरलाई आफूभन्दा जुनियर भएको भन्दै कुनै पदाधिकारीमा एडजस्ट गर्ने योजना बनाएका छन्। उनले १३ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका कृष्णप्रसाद सिटौला, सुजाता कोइरालासँग भने कुनै सम्झौता नगर्ने रणनीति लिएका छन्।

देउवालाई सभापतिमा हराउने क्षमता आफूसँग मात्र रहेको बताउँदै आएका डा. शशांकले आफ्नो प्राथमिकता प्रधानमन्त्री नभएर पार्र्टी नै रहेको भन्दै कांग्रेसको हालको दुर्दशालाई बिपिको छोरा भएर हेरेर बस्न नसक्ने जीकिर गरेका छन्।

डा. शशांकलाई संस्थापनइत्तरकै डा.मिनेन्द्रप्रसाद रिजाल, डा. नारायण खड्का, दिपक गिरी, दिलेन्द्रप्रसाद बढु, सरिता प्रसाईं, गुरुराज घिमिरे, बद्री पाण्डे, दिलबहादुर घर्ती लगायतका नेताहरुले साथ दिँदै आएका छन्। झण्डै तीन दर्जन जिल्ला सभापति अहिले पनि महामन्त्र िडा. कोइरालाको पक्षमा उभिएका छन्।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार १७, १४: ४०

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार १७, १४: ४०

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार १७, १४: ४०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...