एमाले विवादः अध्यक्ष ओलीले बाेलाएकाे बैठकमा माधव पक्ष किन सहभागी भएन् ? – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper
०७५ जेठ २ मा फर्किन ओली समुहकै तगाराे !

एमाले विवादः अध्यक्ष ओलीले बाेलाएकाे बैठकमा माधव पक्ष किन सहभागी भएन् ?

नयाँ विकल्प,


काठमाडाैं- एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बाेलाएकाे बैठकमा माधव नेपाल समुह उपस्थित भएन् ।

सर्वाेच्च अदालतकाे निर्णय पछि नेकपा विभाजन भएर पूर्ववत अवस्थामा पुगेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत अबस्थामा फर्किएकाे थियाे ।

याे संगै एमाले दुइ समुहमा विभाजन भएकाे थियाे । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीकाे कार्यशैलि प्रति रूष्ट बनेकाे माधव नेपाल-झलनाथ खनाल समुहले ओलीलाइ सत्ता च्यूूत गर्ने विपक्षि गठबन्धन संग सहकार्य गर्दै अनाैपचारिक पार्टी विभाजनकाे अवस्थामा पुगेकाे थियाे ।

आफ्नै पार्टीकाे प्रभावशाली समूहले विपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवालाइ प्रधानमन्त्रीमा प्रस्ताव सहित आफुपक्षका सांसदकाे हस्ताक्षर बुझाएपछि प्रधानमन्त्री ओलीकाे कुर्सी धरापमा पर्याे ।

आफ्नै सहकर्मीलाइ पाखा लगाएर पूर्व माओवादीलाइ च्याप्दै आएका ओलीले एकलाैटि रूपमा केन्द्रीय कमिटी विस्तार गर्ने र महाधिवेशन आयाेजक कमिटि विस्तार गरेपछि विवाद झनै उत्कर्शमा पुगेकाे थियाे ।

पार्टी चरम विवादमा फसेकाे १ बर्षपछि ओलीले एकलाैटि रूपमा विस्तार गरेकाे कमिटीलाइ भङ्ग गरेर नेकपा एकता पूर्व पार्टीलाई ०७५ जेठ २ मा फर्किने निर्णय त गरे दूवै पक्षकाे छलफल र सहमति विनानै केन्द्रिय कमिटीकाे बैठक बाेलाएपछि माधव- झलनाथ पक्ष ओलीसंग फेरी शसंकित बनेकाे छ ।

शुक्रबार ओलीले बाेलाएकाे बैठकमा नेपाल-खनाल पक्ष सहभागि नहुने बताएकाे छ भने ओली पक्षमा रहेकाे राष्ट्रपति विद्यादेवि भण्डारी निकट एमाले समुहपनि ओलीकाे पछिल्लाे निर्णयबाट अशन्तुष्ट बनेकाे छ ।

लामाे समय पार्टीकाे विवाद भन्दा बाहिर बसेर एकता अभियान चलाएका उपाध्यक्ष वामदेव गौतम शुक्रबार ओलीले बाेलाएकाे केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् । अध्यक्ष ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि बैठकमा सहभागी हुन फोन गरेका थिए । नेपालपक्षले दुबै पक्षकाे सहमतिमा बाेलाएकाे बैठकमा मात्र सहभागी हुने बताएकाे छ ।

आज ११ बजे एमालेको केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । पार्टीलाई ०७५ जेठ २ मा फर्काउने बिषयमा मतान्तर भएर ओली समूह नै बिभाजित बनेको स्राेतकाे दावी छ । ओली समूहभित्रको एउटा धारले पार्टीलाई कुनै हालतमा जेठ २ मा फर्काउन नहुने पक्षमा अडान लिएपछि त्यहाँ निकै ठूलो बिग्रह आएको छ ।

यो समुह राष्ट्रपति बिद्यादेबी भण्डारीसंग नजिक मानिन्छ । सुबास नेम्वाङ्, शंकर पोखरेल, बिष्णु रिमाल, राजन भट्टराई, सूर्य थापा, कर्ण थापालगायतका नेताहरु ०७५ जेठ २ मा फर्किने नहुने भन्दै ओलीमाथी निरन्तर दवाब बढाइरहेका छन् ।

अध्यक्ष ओलीले शुक्रबार बोलाएको बैठक केन्द्रीय कमिटी बैठक भङ्ग भैइसकेकाे दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीकै निरन्तरता भएकाे माधव समूहकाे तर्क छ ।बिहीबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी कायम गर्ने निर्णय भएको थियो । तर यो बैठक १३औं हुने जनाइएको छ । नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी सम्बोधन गरी नेताहरुलाई पठाइएको पत्रमा यो बैठक १३औं बैठक उल्लेख गरिएको हो ।


स्रोतका अनुसार, अध्यक्ष ओलीकै निर्देशनमा यो बैठक दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीकै निरन्तरता हुन लागेको हो । बरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकलाई अवैध भन्दै आएको छ ।

यो समूहले अदालतको फैसला अनुसार एमाले २ जेठ २०७५ अगाडि फर्कनुपर्ने अडान राख्दै आएको छ ।त्यो भनेको एमालेको केन्द्रीय कमिटी बैठक नवौं हुनेछ । तर गएको २८ फागुनमा अध्यक्ष ओलीले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व विघटन गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरे ।

दशौं महाधिवेशन आयोजक कमिटी गठन गर्न एमाले विधान संशोधन गरेका अध्यक्ष ओलीले दशौं, एघारौं र बाह्रौ बैठक राखिसकेका छन् । यी बैठकहरुमा नेता नेपाल समूह अनुपस्थित रहँदै आएका छन् ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार १८, १२: ०३

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार १८, १२: ०३

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार १८, १२: ०३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...