सरकारबिरुद्ध देशव्यापी मसालजुलस गर्ने संयुक्त विद्यार्थी संगठनको घोषणा – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

सरकारबिरुद्ध देशव्यापी मसालजुलस गर्ने संयुक्त विद्यार्थी संगठनको घोषणा


नयाँ बिकल्प,

काठमाडौं – महंगी, भ्रष्टाचार र सरकारको जनबिरोधी कृयाकलापबिरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)सहित पाँच विद्यार्थी संगठनहरुको साझा मोर्चा संयुक्त विद्यार्थी संगठनले देशव्यापी मशाल जुलुससहित प्रदर्शन गर्ने भएको छ।

शुक्रबार राजधानीको बुद्धनगरमा बसेको पाँच विद्यार्थी संगठनका अध्यक्ष र प्रतिनिधि संलग्न बैठकले सरकारको प्रतिगमनकारी कदमको बिरुद्ध शनिबार देशव्यापी रुपमा मसाल जुलुससहति बिरोध प्रदर्शन गर्ने निर्णय गरेको नेविसंघ महामन्त्री बलदेव तिमिल्सिनाले बताए।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजबादी विद्यार्थी यूनियन, अखिल छैठौंका अध्यक्ष र पदाधिकारीसहित बसेको बैठकले आगामी आन्दोलनका थप कार्यक्रमको तय गर्दै बिगतका कार्यक्रमको समिक्षा गरेको थियो।

बैठकमा देशभर संचालित आन्दोलन सफल बनाउन मेहनत गर्ने र सहभागी सबैलाइ धन्यवाद दिँदै आन्दोलनमा भएको दमनको भत्सर्ना समेत गरेको छ।

बैठकमा नेबिसंघ अध्यक्ष राजिब ढुङ्गाना,अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङ, अखिल अध्यक्ष सुदेश पराजुली, समाजबादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैटौंका अध्यक्ष बिमल पोख्रेल रहेका छन्।

बैठकपछि जारी संयुक्त विज्ञप्तिमा काठमाडौं महानगरपालिकाले रत्नपार्कको भित्तेचित्र मेटाएर स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने काम गरेको भन्दै उनीहरुले, मेयर विद्यासुन्दर शाक्यलाई माफी माग्न आग्रह पनि गरेका छन् ।

संयुक्त विज्ञप्तिमा ‘रत्नपार्कमा बनाइएको भित्तेचित्र मेटेर काठमाडौं महानगरपालिकाले अत्यन्तै आपत्तिजनक कार्य गरेको छ । स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने यस निन्दनीय कार्यको घोर भर्त्सना गर्दै कामनपाका मेयरलाई तत्काल माफी माग्न आग्रह गर्दछौं ’ भनिएकाे छ।

चिकित्सा शिक्षा आयोगले लिने प्रवेश परीक्षामा प्रत्येक ७२ घण्टामा पटक–पटक पिसिआर परीक्षण गर्नुपर्ने प्रावधान अत्यन्तै अव्यवहारिक रहेको ठहर पनि उनीहरुले गरेका छन् । ५ वटा सम्म परिक्षा दिने विद्यार्थीलाई पहिलोपटक गरिएको पीसीआर टेस्ट वा एन्टिजेन्ट टेष्टलाई मान्यता दिई परीक्षामा सामेल गराउन उनीहरुले माग गरेका छन् ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार १८, १६: ४७

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार १८, १६: ४७

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार १८, १६: ४७

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...