माधवले बोल्न समेत नमानेकाे भन्दै बामदेवको शरणमा ओलीः बैठक शनिबार बस्ने – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper
ओली मच्चिए मच्चिए अन्तमा थच्चिए

माधवले बोल्न समेत नमानेकाे भन्दै बामदेवको शरणमा ओलीः बैठक शनिबार बस्ने



नयाँ बिकल्प,

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल बोल्न समेत अनइच्छुक देखिएपछि बामदेव गौतमलाई अघि सारिएको छ।

विगत १० महिनादेखि तत्कालिन नेकपा हुँदा होस वा एमाले, हरेक औपचारिक कार्यक्रममा अनेकौं राजनीतिक घटनामा कमजोरी र खोट लगाउँदै नेपालमाथि तथानाम गाली र आलोचना गर्दै आएका ओली आज आएर उनलाई मनाउन अनेकै प्रयास गरिरहेका छन्।

पार्टीका अनेकौं नेतादेखि आफैले भेटेर नेपालसँग एक्ला एक्लै भेट गर्दा समेत नेपाललाई आफ्ना हरेक निर्णयमा सहीछाप गराउन वा बिनासर्त समर्थन प्राप्त गर्न नसकेर छटपटिएका ओलीले आजको केन्द्रीय कमिटी बैठकमा नेता बामदेव गौतको शरणमा पुगेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षका कुनै पनि नेता सहभागी नभएपछि ओलीले बैठकमा सहभागी मध्यमार्गी भूमिकामा रहेका पार्टीका पूर्वउपाध्यक्ष बामदेव गौतमको शरणमा पुगेका हुन्।

शुक्रबार कमिटी बैठक शुरु हुनुअघि बैठक स्थगित गर्नको लागि आग्रह गर्न गएका नेपाल पक्षका नेताहरु सुरेन्द्रप्रसाद पाण्डे, गोकर्ण विष्ट र भीम अचार्यको आग्रहलाई अश्वीकार गरेका ओलीले केहीबेर बैठक चलाएर भोली शनिबार ३ बजेसम्मका लागि स्थगित गरेका छन्।

विहीबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षका दोस्रो तहका नेताबीच भएको छलफलमा नेपाल पक्षले केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गरेको थियो।

बैठकमा पार्टीमा देखिएको बिग्रह र बिबादको निकास दिन ओलीले २०७४ जेठ २ गते अघिको पार्टी संरचनालाई मान्यता दिने घोषणा गरेर पनि कार्यान्वयन नगरेपछि नेपाल पक्ष ओलीसँग रुष्ट बनेको हो।

गत फागुन २३ गते सर्वोच्च अदालतले नाम विवादमा नेकपा खारेजी गरि एमाले र माओवादी केन्द्र ब्युँत्याइ दिएपछि दोस्रो पटक केन्द्रीय कमिटी बैठक बसेको हो। ओलीले माधव नेपाललाई फोन गर्दा पनि बेवास्ता गरेको गुनासो गरेपछि धेरैले ओलीको अहंकार र दम्भ घटेको महसुस गरेका थिए।

पार्टी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै ओलीले बिहीबार आफूले नेपाललाई फोन गरेर भेटौँ र पार्टी एकताका लागि कुरा गरौँ भने पनि उनले भेट्न नै नमानेको दुखेसो गरेका थिए।

नेपालले उल्टै ‘तपाईंको टेलिफोन उठाउँदिन भनेको तैपनि उठाएँ’ भन्ने जवाफ दिएको बताए। उनले आफू एकताका लागि तयार रहेको तर विपक्षीसँग गठबन्धन गर्ने, विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन खोज्ने र पार्टी कमजोर बनाउन खोज्ने कामले पार्टी एकता कसरी होला भन्दै प्रतिप्रश्न गरेका थिए।

उनले ‘नेपाललाई मनाउन अध्यक्ष त के अध्यक्षको हजुरबुवाले पनि सक्दैन’ भन्दै बामदेव गौतमलाई एक पटक प्रयास गर्न आग्रह गरेका थिए।
‘म तपाईसँग आईसकेँ अब फर्कन्न’ भन्ने अभिव्यक्ति गौतमको मुखबाट आएपछि फुरुङ्ग भएका अध्यक्ष ओलीले पार्टी एकताको जिम्मा लिन प्रस्ताव गरेका थिए।

ओलीले गौतमलाई पार्टी एकतामा लाग्न सम्पूर्ण अधिकार भएको भन्दै ‘पहिले पनि एकताका लागि महाअभियान चलाउँदा टेरपुच्छर नलगाएकै हुन तर पनि प्रयास गर्नुस्’ भनेर जिम्मेवारी दिएको बताएका थिए।

यसअघि नेता नेपालसँग होटल मेरियटमा एक्ला एक्लै भेट्दा पार्टी एकतामा देखिएका समस्याको विषयमा बुँदागत छलफल गर्नुभन्दा ‘यहाँबाट धरहरा कति राम्रो देखिएको’ भन्दै गफिएको विषयलाई सार्वजनिक मञ्जबाट सार्वजनिक गरेपछि ओलीले नकारात्मक प्रतिक्रिया दिएका थिए।

यसअघि केन्द्रीय कमिटी बैठकले विपक्षी दलका नेता शेरबहादुर देउवालाइ प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमाले नेता नेपालसहित २३ निवर्तमान सांसदहरूलाइ हस्तक्षर दुइ दिन भित्र फिर्ता लिइसक्न चेतावनीपूर्ण निर्देशन जारी गर्ने निर्णय गरेकाे थियाे।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार १८, १७: ३३

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार १८, १७: ३३

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार १८, १७: ३३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...