एमालेकै सांसदहरुको विराेधपछि प्रदेश-१ काे संसद बैठक अवरूद्ध – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

एमालेकै सांसदहरुको विराेधपछि प्रदेश-१ काे संसद बैठक अवरूद्ध


नयाँ विकल्प,


विराटनगर-माओवादी केन्द्रको अवरोध जारी रहेपछि प्रदेश १ संसद्को आइतबारको बैठक पनि अवरुद्ध भएको छ।

प्रदेशसभा बैठक लगातार चार पटक अवरुद्ध भइसकेको छ। बैठक सुरु हुने बित्तिकै माओवादी सांसदले उठेर विरोध गरेपछि उपसभामुख सरस्वती पोखरेलले सोमबारसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरेकी थिइन्।

सरकारले संसदमा प्रस्तुत गरेको बजेटको नेकपा एमालेकै सांसदहरुको चर्को विवाद भएपछि बजेट संशोधन गर्न कार्यदल बनाएको अर्को विषयमा पनि माओवादी केन्द्रले असहति राख्दै सदनमा सरकारको जवाफ मागेको छ ।

त्यस विषयमा पनि सरकारले सदनलाई जानकारी गराउन नचाहेका कारण समस्या समाधान तर्फ नगएको माओवादी संसदीय दलले जनाएको छ ।

प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरूङ सदनमा अमर्यादित ढंगले प्रस्तुत भएको र उनले प्रदेशसभा सांसद मोहनकुमार खड्काका विरुद्धमा व्यक्तिगत लाञ्छना लगाउँदै बोलेको भन्दै उनले माफी माग्नुपर्ने माग गर्दै आएको छ।

यही विषयमा चार दिन लगातार बैठक अवरुद्ध भए पनि सदन सुचारू गराउनेतर्फ सरकारले ध्यान नदिएको आमोवादीको आरोप छ । संसद् बैठक अघि प्रदेशसभा सचिवालयमा आयोजित छलफल पनि सहमति बेगरै टुंगेको थियो।

बैठकमा सहभागीले मन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने बताएका थिए। त्यसक्रममा मुख्यमन्त्री शेरधन राईले सांसदले उत्तेजित बनाएपछि मन्त्रीले त्यसरी बोलेको भन्दै दुवै जनाको अभिव्यक्ति रेकर्डबाट हटाउनु पर्ने बताएका थिए ।

उसलाई माओवादीले अस्वीकार गरेपछि छलफल निष्कर्षविहीन भएको थियो ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार २०, १५: ५२

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार २०, १५: ५२

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार २०, १५: ५२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...