पुनर्निर्माण प्राधिकरणका सब–इन्जिनियर घुससहित अख्तियारकाे फन्दामा ! – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

पुनर्निर्माण प्राधिकरणका सब–इन्जिनियर घुससहित अख्तियारकाे फन्दामा !


नयाँ विकल्प,


काठमाडाैं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित सब–इन्जिनियरलाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ, ओखलढुंगामा कार्यरत सब–इन्जिनियर राजन पासवान छन् । अख्तियारकाे टाेलिले उनकाे साथबाट ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेकाे छ ।

पासवानले भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएबापत सेवाग्राहीसँग उक्त रकम माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाबाट टोली खटिएको थियो ।

टोलीले १५ असारमा पासवानलाई सेवाग्राहीबाट घुस लिएको अवस्थामा पक्राउ गरी भोलिपल्ट आयोगलाई बुझाएको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार २०, १६: ४४

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार २०, १६: ४४

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार २०, १६: ४४

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...