
नयाँ बिकल्प,
काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीलाई भेटेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा सभापमतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन्।
आगामी १४औं महाधिवेशनमा सभापतिका आकांक्षी निधीलाई भेट्न उनको निवास मध्यवानेश्वरमा सोमबार दिउँसो पुगेको डा. कोइरालाले यस्तो आग्ह गरेका हुन्।
पार्टीको असन्न महाधिवेशन बारेमा छलफल भएको भनिएको सो भेटमा संस्थापन समूहमा रहेका उपसभापति निधी र संस्थापनइत्तर पक्षमा रहेका डा. कोइराला दुवैले सभापतिमा उम्मेदवारी दिने आकांक्ष व्यक्त गर्दै आएका छन्।
नेता कोइरालाले कांग्रेसमा चर्चामा रहेका सभापतिकाका सबै आकांक्षीसँग भेटेर छलफल गरी आफूलाई १४औं महाधिवेशनमा सहयोग र समर्थनको लागि आग्रह गर्दै आएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई भेटेर कोइारलाले सभापतिमा उम्मेदवारी दिने बताइसकेका छन्।
कांग्रेसले १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। संस्थापन इत्तरबाट मात्रै डा.शेखरसहित चार जनाले सभापतिमा आकांक्षा देखाएका छन्।
कांग्रेसका संस्थापक बीपी कोइरालाका कनिष्ठ पुत्र तथा पार्टी महामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापतिको लागि आगामी १४औं महाधिवेशनमा उम्मेदवार हुने घोषणा गरेपछि संस्थापनइत्तरका नेताहरु सकमसमा परेका छन्।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...