
नयाँ विकल्प,
काठमाडाैं- २० बर्षीय जितेन्द्र साहकाे हत्यामा संलग्न ३ जनालाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
हत्यामा संलग्न सोमलाल गोपाली थानकाेटबाट पक्राउ परेका छन् । साेही घटनामा संलग्न साहिल गोपाल (सोमलाल गोपालीको छोरा ) मातातिर्थ -बाट पक्राउ परेका छन् । मकवानपुर दामन-९ का २५ बर्षी मनोज दोङ तामाङ चन्द्रागिरि- १ दहचोक बाट पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।
महोत्तरी जलेश्वर नगरपालिका- २ का स्थायी घर भइ काठमाण्डौँ चन्द्रागिरि-३ मा बस्ने साहलाइ थानकोट बस्ने बर्ष ३६ को सोमलाल गोपालि समेतका ३ जनाले धारिलो हतियार प्रहार गरी फरार भएका थिए ।
गम्भीर घाईते घाइते भएका साहलाइ उपचारको लागी राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याइएकाे थियाे । धारिलाे हतियारबाट गम्भीर घाइते बनेका साहकाे काठमाडाैंकाे ट्रमा सेन्टरमा उपचारकै क्रममा साेमबार विहान मृत्यु भएकाे थियाे ।
घटनाकाे अनुसन्धानमा खटिएकाे महानगरीय प्रहरी वृत्त थानकोटकाे टाेलिले उनीहरूलाइ पक्राउ गरेकाे हाे ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...