टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडीहरुलाई सेनापति थापाले दिए शुभकामना – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडीहरुलाई सेनापति थापाले दिए शुभकामना


नयाँ विकल्प
काठमाडाैं- टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडीहरुलाई नेपाली सेनाले एक कार्यक्रम बीच बधाइ तथा शुभकामना दिएकाे छ ।

जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले बधाइ तथा शुभकामना दिएका हुन् । जापानको टोकियोमा आगामी साउन ८ देखी २४ गतेसम्म ३२ औं गृष्मकालिन ओलम्पिक प्रतियोगिता हुँदै छ ।

टोकियो ओलम्पिक आयोजनामा सहभागी हुन छनौट हुनु भएका नेपाली सेनाका खेलाडीहरुलाई प्रधान सेनापति थापाले बधाई तथा शुभकामना दिएका हुन् ।

उक्त अवसरमा थापाले नेपालमा खेलकुदको विकासका लागि नेपाली सेनाले समेत आफ्नो तर्फबाट दिँदै आएको योगदानको निरन्तरता स्वरुप हालसम्म ओलम्पिक प्रतियोगितामा नेपाली सेनाका २४ जना खेलाडी सहभागि भइसके छन् । ३२ औं गृष्मकालिन ओलम्पिक प्रतियोगितामा छनौट हुन सफल भएका नेपाली सेनाका खेलाडीहरुलाई बधाई तथा सफलताको लागि अग्रिम शुभकामना व्यक्त गरेका हुन् ।

साे नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले पनि खेलाडीहरुलाइ शुभकामना दिएका थिए । श्रेष्ठले हरेक खेलाडीको सपनाको रुपमा रहेको ओलम्पिक जस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनु खेलाडी आफैमा गौरवको विषय हुनुका साथै यो क्षण नेपालको लागि ऐतिहासिक रहेको भनि विचार व्यक्त गरे ।

उनले ३२ औं गृष्मकालिन ओलम्पिक प्रतियोगितामा छनौट हुन सफल भएका नेपाली सेनाका खेलाडीहरुलाई उत्कृष्ट प्रदर्शनको लागि शुभकामना दिदै नेपाली सेनाले खेलकुद जगतमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

उक्त ओलम्पिक प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिपाही सरस्वती चौधरीले एकसय मिटर स्प्रिन्ट विधामा र सोही क्लबकी सिपाही कल्पना परियारले १० मिटर एयर राइफल विधामा प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिस्पर्द्धी खेलाडीहरु विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुँदै हाल गृष्मकालिन ओलम्पिक प्रतियोगितामा छनौट हुन सफल भएका छन् ।


उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव, नेपाल ओलम्पिक कमिटिका महासचिव तथा कार्यकारी निर्देशक, नेपाल एथ्लेटिक्स संघका अध्यक्ष, नेपाल सुटिङ्ग संघका अध्यक्षलगायतको उपस्थिती रहेको थियो

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार २३, १४: ३२

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार २३, १४: ३२

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार २३, १४: ३२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...