
नयाँ विकल्प
काठमाडाैं-छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
काठमाडौं, तनहुँ, सप्तरी, नवलपरासी(पूर्व) र बैतडीमा भएकाे सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । काठमाडौं – ३२ जडिबुटीस्थित सडकमा ना ६ क ४२७५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सिन्धुपालचोक लिसङखुपाखा गाउँपालिका-७ घर भएका ४४ वर्षीय काशीराज कार्कीको मंगलबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँ, आबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटस्थित पृथ्वी राजमार्गमा भएको सवारी दुर्घटनामा लु ८ प ८३५३ नम्बरको मोटरसाइक चालक सोही गाउँपालिका-२ मार्कीचोक बस्ने ३१ वर्षीय दुर्गा भुजेलको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
उक्त राजमार्गमा ना ६ ख ६११८ नम्बरको ट्रकमा लु ८ प ८३५३ नम्बरको मोटरसाइकल ठोकिएर अनियन्त्रित भई पुन : ना ६ ख ४४४७ नम्बरको ट्रकमा ठक्कर खाई भएको दुर्घटनामा भुजेलको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १७ वर्षीय साजन भुजेललाई उपचारका लागि हाडजोर्नी अस्पताल आबुखैरेनी पठाइएको छ । दुबै ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी, कञ्चनरुप नगरपालिका-११ डेङग्रीस्थित सडकमा स.१ क २८० नम्बरको टिपरको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय कौशल्या चौधरीको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
टिपर चालकलाई प्ररहीले नियन्त्रणमा लिएको छ । नवलपरासी(पूर्व), कावासोती नगरपालिका-१ कोईलापानीस्थित भित्री सडकमा ना २६ प ५९६१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक हुप्सेकोट गाउँपालिका-१ जुकेपानी बस्ने २० वर्षीय केसर सुनारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएको उनको कालीगण्डकी अस्पताल कावासोती हुँदै नारायणी सामुदायिक अस्पताल चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
बैतडी, मेलौली नगरपालिका-५ महारुद्रस्थित सडकमा मेलौलीबाट तितावैतर्फ जाँदै गरेको से २ त २५८१ नम्बरको ट्याक्टर सडकबाट तल खसेर मंगलबार राति दुर्घटना हुँदा ट्याक्टरका सह-चालक पंचेश्वर गाउँपालिका-५ बस्ने ३० वर्षीय राज बहादुर चन्दको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय डम्बर बहादुर चन्दलाई उपचारको लागि स्थानीय मेडिकलतर्फ लगिएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...