
नयाँ बिकल्प,
काठमाडौं । नेपालको धितोपत्र बजारमा नेप्से परिसूचक एक सातादेखि लगातार ओरालो लागेको छ। नेप्सेको सूचकमा ओरालो लागेसँगै लागनी पनि दुई तिहाईले घट्न थालेको छ।
शेयर कारोबारको चौथो दिन बुधबार पनि नेप्से सूचक १६.९७ अंकले घटेर २८०१.१३ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स पनि १.५० अंकले घटेको छ।
केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउन लागेको, सर्वोच्चमा संसद विघटनको मुद्धाको फैसला आउन प्रतिक्षा गर्नु परेको र असार मसान्तमा हिसाव किताव फरफारक र ऋणको व्याज वा सावाँ भुक्तानी गर्नु पर्ने भएकाले लगानीकर्ताहरुको आकर्षण शेयरमा तत्काल बढ्न नसकेको बताइन्छ।
लगानीकर्ताहरु यतिवेला पर्ख र हेरको अवस्थामा देखिन्छन्। मंगलबारको तुलनामा शेयर कारोबारमा करिव २६ करोड मात्र बढी कारोबार भएको छ। तीन साता अघिसम्म शेयर बजारमा १६ देखि १९ अर्ब रुपैयाँसम्मको कारोबार हुने गरेको थियो।
बुधबार २२२ वटा कम्पनीको १ करोड १६ लाख ६४ हजार २०७ कित्ता शेयर ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रुपैयाँमा खरिदबिक्री भएको छ।
बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये २ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक सकारात्मक देखिएको छ। बुधबार हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले घटेको छ।
आम्दानी धेरै गर्ने कम्पनीहरुमा सेन्ट्रल कमर्सियल बैंकको प्रोमोटर शेयर ४ अंकले बढेर ११६ पुगेको छ भने प्राइम कमर्सियल बैंक प्रमोटर शेयर ६ अंकले बढेर १७५ भएको छ। यस्तै, एभरेष्ट इन्स्योरेन्स कम्पनी प्रमोटर शेयर १० अंकले बढेर ४१० अंकमा पुगेको छ।
बुधबार सबैभन्दा धेरै कमाउने कम्पनीमा सिभिल लघुवित्त रहेको छ। सिभिलको शेयर मुल्य सबैभन्दा धेरै ३.१६ प्रतिशत अर्थात ४९ अंकले बढेर १६०० पुगेको छ भने सामुदायीक लघुवित्तको २.८४ प्रतिशत अर्थात ४० अंकले बढेर १४५० पुगेको छ।
साधना लघुवित्तको २.५९ प्रतिशत अर्थात ४१ अंकले बढेर १६२१ पुगेको छ भने कालिका माइक्रोको २.३३ प्रतिशत अर्थात ३१अंक बढेर १३५९ र नारायणि डेभलपमेन्ट बैंकको २.१५ प्रतिशतले बढेर शेयर मुल्य ६६४ पुगेको छ।
बुधबार माथिल्लो तामाकोशीको शेयरमूल्य सबैभन्दा धेरै ५.४५ प्रतिशतले घटेर ६६७ अंकमा पुगेको छ। तर धेरै कारोबार गर्ने कम्पनीको दोश्रो नम्वर तामाकोशी नै परेको छ। बुधबार यो कम्पनीको २६ करोड १६ लाख ७४ हजार ४६७ रुपैयाँको कारोबार भएको थियो।
बुधबार छिमेक लघुवित्तको सबैभन्दा धेरै ४३ करोड ५४ लाख २७ हजार ३७ रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको २३ करोड ५३ लाख, नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ५० लाख र निर्धन उत्थान लघुवित्तको १३ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
धेरै रकमको कारोबार गर्ने अन्यकम्पनीहरुमा नेपाल टेलिककमको ११करोड ६९ लाख, निफ्राको १० करोड ९३ लाख, एनआईसी एसिया बंैकको १० करोड ४० र नेपाल इन्स्योरेन्स कम्पनीको ९ करोड ५३ लाख रुपैयाा बराबरको कारोबार भएको छ।
काठमाडौं : सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो...
काठमाडौं : नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आफ्ना माग पूरा गराउन छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने...
काठमाडौं : नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि अभियान सञ्चालन गर्ने भएको...