जुवा र सट्टेबाजी खेलाइरहेका पाँच चिनियाँ नागरिक ठमेलबाट पक्राउ – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

जुवा र सट्टेबाजी खेलाइरहेका पाँच चिनियाँ नागरिक ठमेलबाट पक्राउ

नयाँ विकल्प,

काठमाडौं – काठमाडौंको ठमेलमा जुवा र सट्टेबाजी खेलाइरहेका पाँच चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हि सियावोलोङ, पि छुवानेक्टन, हु वीनविन, हि फुयु र लि छायो टोङ रहेका छन् ।

ठमेलस्थित जेपी मोडमा चिनियाँ नागरिकले सञ्चालन गरेको छियो छिङ होटेलबाट उनीहरु पक्राउ परेका हुन् ।


उनीहरुको साथबाट एक लाख २३ हजार नेपाली रुपैयाँ बरामद भएको छ ।

यस्तै, जुवातास खेल्न प्रयोग गरेको विद्युतीय टेबल एकथान, जुवातास खेल्न प्रयोग हुने चिनियाँ भाषा माजुङ बताउने प्लास्टिकको गोटी २१० थान, खोलिएको अवस्थामा रहेको रातो रङको तास १६० पत्तालगायत सामाग्री समेत प्रहरीले बरामद गरेको जनाइएको छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार २४, १४: ३७

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार २४, १४: ३७

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार २४, १४: ३७

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...