
नयाँ विकल्प,
काठमाडाैं- नेपाली कांग्रेसले वीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा जारी आन्दोलन समाधानगर्न सरकारकाे ध्यानाकर्षण गराएकाे छ । शुक्रबार कांग्रेसले एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्रीलाइ संवादबाट समाधान अविलम्ब पहिल्याउन अपील गरेकाे छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा प्रतिष्ठानमा जारी आन्दोलनप्रति कुलपति प्रधानमन्त्री अझै किन मौन ? भन्दै प्रश्न गरेकाे छ कांग्रेसले संवादबाट समाधान अविलम्ब पहिल्याउन अपील समेत गरेकाे छ ।
वीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारि राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि प्रतिष्ठानका कुलपति प्रधानमन्त्रीले बिषयलाई गम्भीरतापूर्वक लिएर समाधान पहल नगरेकोमा नेपाली कांग्रेस सार्वजनिक रुपले दुःख व्यक्त गर्दै गम्भीर चिन्ता प्रकट गर्दछ भनिएकाे छ ।
कांग्रेसले जारी गरकाे विज्ञप्तमा प्रधानमन्त्रीको जिम्मेवारी भित्र अनेकौं बिषय पर्दछन् र छन् भन्ने तथ्यमा कसैको दुइमत छैन । तर त्यो भनिरहँदा प्रतिष्ठानको कुलपति हुनुको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शुन्य बस्नु भनेको आफ्नो जिम्मेवारीप्रतिको चरम गैर जिम्मेवारी हो । कोभिड महामारी चलिरहेको बेला स्वास्थ प्रतिष्ठानमा लामो समय द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिक समेतलाई गम्भीर असर पुग्दछ र पुगिरहेको छ भन्ने हेक्का कुलपतिलाई नहुनु दुःखद रहेकाे बताइएकाे छ
प्रतिष्ठान भित्र अनेकन बेथिति र अराजकता रहेकोे विवरण पटक–पटक सार्वजनिक भएका छन् । ढाकछोप होइन त्यसको आवश्यक उपचार जरुरी छ । प्रतिष्ठानको प्रतिष्ठा र भविष्यका लागि अहोरात्र कार्य गरिरहेकाहरुको भावनामा चोट पु¥याएर केवल भौतिक संरचनामा संस्थाको भविष्य सुरक्षित गर्न सकिन्न । अतः आन्दोलनमा सरिक चिकित्सक, कर्मचारी र विद्यार्थीहरुसँग सार्थक संवाद मार्फत जायज माग अविलम्ब सम्बोधन गरेर प्रतिष्ठानभित्र सहज वातावरण निर्माण गर्न नेपाली कांग्रेस कुलपति प्रधानमन्त्रीसँग नेपाली कांग्रेसले माग समेत गरेकाे छ ।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...