
नयाँ बिकल्प,
काठमाडौं – नेकपा एमाले झापाका नेता विर्तामोड–१ का ज्ञानुराम प्रसाईंको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।
भद्रपुरस्थित चारआली–चन्द्रगढी सडक खण्डअन्तर्गत भद्रपुर नगरपालिका वडा नं. ९ स्थित देवकोटाचोकमा भएको दुर्घटनामा परी प्रसाईंको मृत्यु भएको प्रहरीले जनाएको छ। के कारणले सडक बीचमा रहेको देवकोटाको सालिकमा सवारी ठोक्कियो भनेर प्रहरी अनुसन्धान गरिरहेको छ।
बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईंका श्रीमान ज्ञानुले चलाएको सवारी बा१६च ८१८२ नम्बरको कार अनियन्त्रित भई लक्ष्मीप्रसाद देवकोटाको सालिकको कम्पाउन्डमा ठोक्किएको थियो।
दुर्घटनामा परी गम्भीर घाइते प्रसाईंलाई उपचारका लागि मेची अस्पताल पुर्याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेको थियो।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले ‘एमालेका शसक्त,जुझारु, लोकप्रिय युवा नेता प्रीय कमरेड ज्ञानुराम प्रसाईंको आज सडक दुर्घटनामा परि अकल्पनीय ,असामयिक,दुखद निधनले स्तब्ध भएको छु’ भनेका छन्।

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...