आफ्ना मागप्रति प्रतिवद्धता जनाउन शिर्ष नेतासहितको कार्यक्रम गर्ने ५ विद्यार्थी संगठनको निर्णय – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

आफ्ना मागप्रति प्रतिवद्धता जनाउन शिर्ष नेतासहितको कार्यक्रम गर्ने ५ विद्यार्थी संगठनको निर्णय

नयाँ बिकल्प,

काठमाडौं । आन्दोलनरत प्रतिपक्षी ५ विद्यार्थी संगठनको काठमाडौंस्थित नयाँ बानेश्वरमा सम्पन्न बैठकले आफ्ना मागप्रति प्रतिवद्धता जनाउनको लागि पाँच दलका शिर्ष नेता राखेर सार्वजनिक कार्यक्रम आयोजना गर्ने भएका छन्।

बैठकले नेपालको संविधानको धारा ३१, ३३ र ३५ बमोजिम शिक्षा, रोजगारी र स्वास्थ्यको हकलाई मौलिक हकको रुपमा किटानी गरिएकाले कक्षा ८ सम्मको शिक्षा निशुल्क र अनिवार्य तथा कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने आफूहरुको मागप्रति नेताहरुको सार्वजनिक प्रतिवद्धता कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।

स्वास्थ्य ,रोजगारीको हक पूर्ण रुपमा सुनिश्चित गर्न शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई सरकारमा रहँदा वा नरहँदा कार्यान्वयन गर्ने सार्वजनिक प्रतिवद्धता जनाउन काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधब नेपाललाई सहभागी गराई सामुहिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।

त्यस्तो कार्यक्रममा जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसिलाई संयुक्त विद्यार्थी संगठनहरुको तर्फबाट तयार गरिएको प्रतिबद्धता पत्रमा सार्बजनिक कार्यक्रम आयोजना गरि सामुहिक हस्ताक्षर गराउने निर्णय गरेको नेविघका महामन्त्री बलदेव तिमिल्सिनाले नयाँ बिकल्पलाई जनाए।

शुक्रबार साँझ बसेको सो बैठकले सरकारको प्रतिगामी असम्बैधानिक कदम, पेट्रोलियम पदार्थको मुल्य वृद्धि, भ्रष्टाचार, शैक्षिक क्षेत्रमा ब्याप्त बेथिति र बिसङगति, कोरोना संक्रमण को नियन्त्रण र रोकथाम मा सरकारको उदाशिनताका बिरुद्ध आगामी आन्दोलनका थप कार्यक्रमको तय गर्दै बिगतका कार्यक्रमको समिक्षा बैठकमा गरिएको तिमिल्सिनाले बताए।

बैठकले पेट्रोलियम पदार्थकोको मुल्यवृद्धि विरुद्ध निरन्तर र थप आन्दोलन गर्ने निर्णय गरेको छ भने देशभर संचालित आन्दोलन सफल बनाउन मेहनत र सहभागी सबैलाइ धन्यवाद व्यक्त गर्दै आन्दोलनमा भएको दमनको भत्सर्ना गरेको छ।

बैठकमा नेबिसंघ अध्यक्ष राजिब ढुङ्गाना,अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङ, अखिल अध्यक्ष सुदेश पराजुली, समाजबादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैटौं का अध्यक्ष बिमल पोख्रेल, नेबिसंघ महामन्त्री तिमल्सिना लगायतको उपस्थिति थियो।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ असार २६, १५: ३४

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ असार २६, १५: ३४

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ असार २६, १५: ३४

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...