दीपक मनाङे गण्डकी प्रदेशकाे खेलकुद मन्त्री, आचार्यलाई ऊर्जा मन्त्रालयकाे जिम्मेवारी – Naya Bikalpa
August 27, 2026, Thursday      Epaper

दीपक मनाङे गण्डकी प्रदेशकाे खेलकुद मन्त्री, आचार्यलाई ऊर्जा मन्त्रालयकाे जिम्मेवारी


नयाँ विकल्प,


काठमाडाैं- स्वतन्त्र सांसद दीपक मनाङे राजीव गुरुङ (दीपक मनाङे) ले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मनाङेले भौतिक पूर्वाधार पाउनु पर्ने अडान लिँदै आएका थिए गण्डकी प्रदेश सरकारमा लामो समयदेखि विनाविभागीय मन्त्री रहेका जनता समाजवादी पार्टीका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

खेलकुद मन्त्रालयको जिम्मेवारी पाएसँगै आजै पदभार पनि ग्रहण गरेका छन् ।

यसअघि भागबण्डाको विषय नमिल्दा जिम्मेवारी बाँडफाँड हुन सकेको थिएन । दुई विना विभागीय मन्त्रीहरुले शुरुमा अस्वीकार गरेकै मन्त्रालयको जिम्मेवारी एक महिनापछि सम्हालेका हुन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेटमाथिको छलफल कार्यक्रमअघि नै मन्त्रालयको विषयलाई टुङ्गो लगाएका छन् । यसअघि जसपाका आचार्यले अर्थ मन्त्रालय दावी गर्दै आफ्ना दुवै सांसदलाई मन्त्री बनाउनु पर्ने माग गर्दै आएका थिए ।

विश्वासको मत लिने दिन ४ असारमा कांग्रेस नेतृत्व सरकारले जसपालाई अर्थसहित २ मन्त्रालय दिने सहमति गरेपनि सहमति तोडेपछि किचलो सुरु भएको थियो ।

याे संगै गण्डकी सरकारमा ४ जना मन्त्रीकाेले विभागीय जिम्मेवारी पाएका छन् ।

सम्बन्धित समाचार

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०७८ असार २७, १२: २४

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...

रसुवा बाढी : ३५९ जनाको शव फेला
रसुवा बाढी : ३५९ जनाको शव फेला
  • २०७८ असार २७, १२: २४

काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...

चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
  • २०७८ असार २७, १२: २४

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...