
नयाँ विकल्प,
काठमाडाैं-प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।
थापा नेपाल सरकार मन्त्रिपरिषद्को २०७८ असार २४ गतेको निर्णयअनुसार असार २१ गतेबाट लागू हुनेगरी प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका थिए ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका थिए । समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई बधाई दिँदै पदोन्नतिसँगै बढेको दायित्व र जिम्मेवारीलाई प्रतिबद्वता अनुरूप नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिए ।

संगठनको थप सुदृढिकरण र विकासका लागि व्यावसायिकता र पेशागत धर्ममा रही हरेक कार्यलाई सहजरूपमा लिदै स्वमूल्याङ्कन गरी पूर्ण निष्ठाका साथ अगाडि बढ्नुपर्ने बताए ।
समारोहमा बाेल्दै प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले नेपाल सरकार एवम् प्रहरी संगठनबाट प्राप्त गहन जिम्मेवारीलाई मन, वचन र कर्मका साथ संगठनको उद्देश्य प्राप्तिका खातिर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफू बोलाई भन्दा गराईमा विश्वास गर्ने भएकाले आफ्नो बुद्धि, विवेक र ईमानदारिताका साथ संगठनको श्रीवृद्धिमा लाग्ने बताए ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानको उपस्थिति रहेको थियो ।
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...
काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...