
नयाँ बिकल्प,
काठमाडौं – दुई सातादेखि ओरालो लागेको शेयर बजारको कारोबार र नेप्से दुवै साताको पहिलो दिन आइतबार हरियाली छाएको छ।
आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७४ दशमलव ७१ अंकले बढेर २८९८ दशमलव ४३ अंकमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १३.७७ अंकले बढेर ५४३.४३ को विन्दुमा पुगेको छ। आज नेप्सेका सबै १३ वटा उपसमूहमा हरियाली छाएको हो।
आज विकास बैंक समूह ८.२९ प्रतिशतले बढेको छ भने बैंकिङ समूहमा २.३४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.४१ प्रतिशत, जलविद्युत समूहमा २.८८ प्रतिशत, लगानी समूहमा २.६८ प्रतिशत, जीवन बीमा समूहमा २.९२ प्रतिशतले नेप्से उकालो लागेको हो।
त्यस्तै, उत्पादन तथा प्रशोधन समूहमा १.५७ प्रतिशत, लघुवित्त समूहमा २.५७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८५ प्रतिशत, निर्जीवन बीमा समूहमा २.७२ प्रतिशत, अन्य समूहमा ०.४२ प्रतिशत र व्यापार समूहमा ०.९४ प्रतिशतले वृद्धि भएको छ।
धेरै कमाउने कम्पनीहरु
आइतबार २२ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। गोर्खाज, श्री इन्भेस्टमेन्ट र आईसीएफसी फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
त्यस्तै, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, मल्टीपर्पस फाइनान्स, समृद्धि फाइनान्स, महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, हिमालय दोलखा हाइड्रोपावर, ज्योति विकास बैंक, प्रोग्रेसिभ फाइनान्स र बेस्ट फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
पोजेटिभ सर्किट लागेका अन्य कम्पनीहरुमा कर्णाली डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स, जानकी फाइनान्स, पोखरा फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्स रहेको छ। यस्तै कामना सेवा विकास बैंक र सिन्धु विकास बैंकको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
दुई सय २५ कम्पनीका तीन करोड १५ लाख ८८ हजार आठ सय ५० कित्ता सेयर आठ अर्ब ६ करोड १३ लाख ८२ हजार चार सय ९६ रुपैयाँमा आइतबार किनबेच भएका छन्।
आज एनआईस एसिया बैंकको सर्वाधिक ३९ करोड ९६ लाख रुपैया, नबिल बैंकको २५ करोड ८१ लाख रुपैयाँ, नेपाल बैंकको २४ करोड ४३ लाख रुपैयाँ, निफ्राको १८ करोड ७८ लाख रुपैयाँ र मञ्जुश्री फाइनान्सको १७ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
हिमालयन डिस्टिलरीको १७ करोड ६२ लाख रुपैयाँ, छिमेक लघुवित्तको १७ करोड ४३ लाख रुपैयाँ, ज्योति विकास बैंकको १७ करोड १२ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १५ करोड ५८ लाख रुपैयाँ र कामना सेवा विकास बैंकको १५ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै गुमाउने कम्पनीहरुमा
आइतबार कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीहरुले सार्वधिक गुमाए। यो बैंकको सेयरमूल्य चार प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। कारोबार रकम र नेप्से बढ्नुले बजारमा असार मसान्तको प्रेसर सकिएको अनुमान गर्न सकिने सेयरबजारका जानकारहरु बताउँछन्।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...