कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा, ५ दलिय गठबन्धनको बैठक सिंहदरबारमा बस्दै – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा, ५ दलिय गठबन्धनको बैठक सिंहदरबारमा बस्दै


नयाँ बिकल्प,

काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गर्न परामादेश जारी गर्दै गर्दा नेपाली कांग्रेसका सभापति सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पार्टी पदाधिकारी बैठक बोलाएका छन्।

दिउँसो बोलाएको बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारी र सर्वोच्च अदालतको फैसलापछिको अवस्थाको बारेमा छलफल भएको छ।
काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीका नेताहरूसँगको आन्तरिक छलफलपछि देउवाले विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्ने जनाए ।

सर्वोच्च अदालतले दुई दिनभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएकाले नयाँ सरकार निर्माणका सन्दर्भमा समेत छलफल भइरहेको बुझिएको छ।

यसैबीच, आजै पाँच दलिय गठबन्धनका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल हुने भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक ठहर गर्दै प्रधानमन्त्री दाबी गरेका कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्ति दिनु भन्ने आदेश दिएपछि गठबन्धनका नेताहरुबीच छलफल हुन लागेको हो।

बैठक साँझ ५ बजे सिंहदरबारस्थित कांग्रेस दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो। विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा आबद्ध छन्।

पाँच दलिय गठबन्धनबाट प्रधानमन्त्रीमा प्रस्तावित देउवाले नेकपा माओबादी र जनता समाजबादी पार्टीलाई समाबेस गरी मन्त्रिमण्डल बनाउने विषयमा प्रारम्भिक छलफल हुने भएको छ।

संयुक्त सरकारमा राष्ट्रिय जनामोर्चाले नजाने स्पस्ट पारिसकेको छ भने एमालेको माधव नेपाल समूहको उपस्थिति सरकारमा हुन्छ वा हुँदैन भन्ने विषयमा पनि छलफल हुने भएको छ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ असार २८, १५: २१

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ असार २८, १५: २१

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७८ असार २८, १५: २१

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...