
नयाँ बिकल्प,
काठमाडौं – नेपाली कांग्रेसले खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतको संयोजकत्वमा गठित ‘बाढी पहिरो विपत व्यवस्थापन समन्वय समिति’को सहसंयोजकमा दिब्यमणि राजभण्डारी र सदस्य सचिवमा केन्द्रीय सदस्य किरण गिरीलाई मनोनयन गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले देशका विभिन्न भागमा गएको बाढी पहिरोका कारणले जनधनको ठूलो क्षतिको तथ्याङ्क संकलन तथा बाढी पहिरो पीडितहरुलाई राहतमा सहयोग पु¥याउने उद्देश्यले असार ४ गते गठित सो समितिको सदस्यमा ११ जनालाई सोमबार मनोनित गरेका हुन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको असार ४ को बैठकले केन्द्रीय सदस्य बस्नेतको संयोजकत्वमा गठित सो समितिको सहसंयोजक प्रतिनिधिसभाका सांसद दिव्यमणि राजभण्डारी, सदस्य सचिवमा केन्द्रीय सदस्य गिरी र कोषाध्यक्षमा कल्पना चौधरीलाई मनोनित गरिएको हो।
पार्टी सभापति देउवाले समितिको अन्य सदस्य आमन्त्रित केन्द्रीय सदस्य भूमिबहादुर (विश्व) गुरुङ, सांसद रामबहादुर विष्ट, पूर्वसांसद बहादुर सिंह थापा, राजीवबिक्रम शाह, तीर्थबहादुर लामा, ललितजंग शाही, महासमिति सदस्य देवराज चालिसे र महोत्तरीका नगिना यादवलाई मनोनित गरेका हुन्।
समितिका संयोजक बस्नेतले सोमबार नै काभ्रेका जनार्दन नेपाल, रुपन्देहीका दीर्घबहादुर केसी (कुमार) र गुल्मीका चेतनाथ खनाललाई समितिको आमन्त्रित सदस्यमा मनोनित गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाए।

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...