देउवाले भने–प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्चको फैसला ‘ऐतिहासिक’ – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

देउवाले भने–प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्चको फैसला ‘ऐतिहासिक’

नयाँ बिकल्प,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मानित सर्वोच्च अदालतले कांग्रेस लगायत ५ दलले दर्ता गरेको रीट निवेदन उपर गरेको फैसलाको हार्दिक स्वागत गरेका छन्।

सर्वोच्चको फैसलापछि प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको भन्दै स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताएका छन्।

‘लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक राजनैतिक दलहरू, सबै कानून व्यवसायीहरू, भ्रातृ र शुभेच्छुक संस्थाहरु, नागरिक आन्दोलन र सजग सञ्चार माध्यम एवम् स्वदेश र विदेशमा रहेका सबै नेपाली दिदीबहिनी–दाजुभाइलाई बधाई ज्ञापन गर्दछु’, सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

देउवाले देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न फैसलाले अझ जिम्मेवार बनाएको भन्दै फैसलालाई कसैले पनि ब्यक्तिगत जीत हारको बिषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जान अपील र आग्रह समेत गरेका छन्।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ असार २८, १७: १०

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ असार २८, १७: १०

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ असार २८, १७: १०

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...