
नयाँ बिकल्प,
काठमाडौं । नेपाली कांग्रेस मनाङ जिल्ला कार्यसमितिको सभापतिमा शंकर गुरुङ सर्वसम्मत हुने निश्चित भएको छ।
नेपाली कांग्रेस मनाङका तत्कालिन सभापति शंकर गुरुङपछि टेकबहादुर गुरुङ सभापति भएका थिए। टेकबहादुर दुई कार्यकाल मनाङ जिल्ला कार्यसमितिको सभापति भइसकेकाले उनको प्रस्तावमा शंकर सभापति हुन लागेका हुन्।
कांग्रेसको १४औँ महाधिवेशनको चहल पहल बढेका बेला मनाङले पार्टी सभापतिमा गुरुङलाई सर्वसम्मतरुपमा अघि सारेर देशभरका कांग्रेसमा सहमतिको सन्देश दिएको छ।
कांग्रेसका मनाङ सभापति एवम् पूर्वश्रम राज्यमन्त्री टेकबहादुर गुरुङले पार्टी सभापतिमा शंकर गुरुङ सर्वसम्मत हुने सम्भावना रहेको बताए।
उनले नयाँ बिकल्पसँग भने ‘शंकर गुरुङ सिनियर नेता हो। उहाँ मभन्दा पनि अघि एक पटक जिल्लाको सभापति भइसक्नु भएको हो। त्यसैले उहाँलाई नै मनाङ जिल्लाको पार्टी सभापति सर्वसम्मत बनाउने भनेर जिल्लाका सबै साथिहरुबीच सल्लाह भएको छ।
‘शंकर गुरुङ जिल्लामा पुरानो, अनुभवी र सिनियर नेता हो, त्यसैले सहमतिमा उनलाई नै सभापति बनाउनु पर्छ भनेर सल्लाह भइसकेको छ’ सभापति टेकबहादुर गुरुङले भने। उनले मनाङमा अरु जिल्लामा जस्तो धेरै उम्मेदवार हुने र मतदान हुने चलन त्यति नभएको स्पस्ट पारे।
सभापतिमा टेकबहादुर गुरुङ दुई पटक सभापति भइसकेकाले बिधान बमोजिम तेश्रो पटक उभापतिमा उठ्न नमिल्ने भएकाले केन्द्रीय कार्यसमितिमा जाने योजना बनाएका छन्।
पार्टीको दुई पटक सभापति भएको र सरकारमा बसेर श्रम मन्त्रालयको नेतृत्व सफलतापूर्वक सम्हालेका गुरुङलाई पार्टीको आदिवासी जनजाति कोटाबाट उम्मेदवार हुन सुझाव आईरहेको छ।
‘सबै साथिहरुले अब पार्टीका केन्द्रीय सदस्य बन्न सुझाव दिइरहेका छन्। तर, अझै अन्य साथि र नेताहरुसँग सल्लाह गर्नुछ । बेला आएपछि उठ्ने घोषणा गर्नेछु’, नेता गुरुङले भने।
मनाङमा कांग्रेसका एक हजार दुई सयभन्दा बढी क्रियाशील सदस्य छन्। १४औँ महाधिवेशनमा १८ जना महाधिवेशन प्रतिनिधि आउने यो जिल्लाबाट यस पटक ६ जना महासमिति सदस्य चयन आउने छन्।
मनाङ जिल्लाले विगतमा प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका नेता पाल्तेन गुरुङलाई सर्वसम्मत रुपमा निर्वाचित पनि गरेको थियो।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...