महेश बस्तेतकाे नेतृत्वमा हजाराै गाडी र मोटरसाइकलले स्कर्टिङ गर्दै ओलीलाई बालकाेट पुर्याइने – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

महेश बस्तेतकाे नेतृत्वमा हजाराै गाडी र मोटरसाइकलले स्कर्टिङ गर्दै ओलीलाई बालकाेट पुर्याइने


नयाँ विकल्प,


काठमाडाैं- नेकपा एमालेले आफ्नो भ्रातृ संगठन युथ फोर्सका पाँच हजार कार्यकर्ताले गाडि र माेटरसाइकलकाे स्कर्टिङ गरि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकाे निजी निवास भक्तपुरकाे बालकाेट पुर्याउने तयारी गरिएकाे छ ।

उक्त स्कर्टिङकाे नेतृत्व विवादित एमाले नेता तथा सांसद महेश बस्नेतले गर्दै छन् ।

नेकपा एमाले र माओवादी केन्द्रकाे एकतापछि युथ फोर्सकाे संगठनात्मक संरचना भङ्ग गरिएकाे थियाे । याे संगठन ओलीकाे सत्ता बहिर्गमनसंगै पुनः विउत्याइएकाे छ ।

युवा संघको मंगलबार बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्युँताएको हो। युथ फोर्सको उपप्रमुखमा पुष्पराज श्रेष्ठ तोकिएका छन्।

युवा संघका इञ्चार्ज महेश बस्नेत रहेका छन् । युथ फोर्सले अब सत्तापक्ष विरूद्धमा खराे रूपमा उत्रिने बताइएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि चाैतर्फि विराेध प्रतिकार गर्न र सरकारका गतिविधि प्रचार प्रसार गर्न साइबर सेना गठन गरिएकाे थियाे ।

नेकपा माओवादीकाे भातृ संगठन वाइसियलकाे गतिविधि राेक्ने तत्कालीन महासचिव झलनाथ खनालको पालामा गठन गरिएको थियो। याे संगठनले एमाले नेतालाई समेत सुरक्षा दिँदै आएकाे थियाे युथफाेर्सकाे संयाेजनमा दुई हजार गाडी र तीन हजार माेटरसाइकलले ओलीलाई बालकोट पुर्‍याउने कार्यक्रम छ ।

एमालेकाे उक्त संगठन विवादीत बनेपछि राष्ट्रिय युवा संघ नेपाल पुनः अस्तित्वमा आएकाे थियाे

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ असार २९, १७: ०२

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ असार २९, १७: ०२

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ असार २९, १७: ०२

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...