गृहमन्त्रीमा खाँण, अर्थमा शर्मा, ऊर्जामा भूषाल र कानुन मन्त्रालयमा कार्कीलाई जिम्मेवारी – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

गृहमन्त्रीमा खाँण, अर्थमा शर्मा, ऊर्जामा भूषाल र कानुन मन्त्रालयमा कार्कीलाई जिम्मेवारी


नयाँ विकल्प,


काठमाडाैं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा माओबादीबाट चार जनालाइ मन्त्रीकाे जिम्मेवारी सहित सपथ गराएका छन्। गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाइ मनाेनित गरेका थिए।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारमा माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएकाे छ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस संसदीय दलका नेता देउवाले मंगलबार साँझ पद तथा गोपनीयताको सपथ गराएकी थिइन्। प्रधानमन्त्रीको सपथ लगत्तै मन्त्रीहरुले पनि सपथ लिएका हुन्।

पूर्वरक्षामन्त्री खाँण कांग्रेस संसदीय दलका प्रमुख सचेतक हुन् भने कार्की देउवा नेतृत्वको २०७४ काे सरकारमा अर्थमन्त्री थिए। प्रभाकर यसअघि देउवा प्रधानमन्त्री हुँदा २०७४ मा गृहमन्त्री थिए। भुषाल यसअघि महिला बालबालिका तथा समाजकल्याण मन्त्री थिइन्।

जनता समाजवादी पार्टीकाे विवाद समाधान नभएकाले मन्त्रिमण्डलमा सहभागि बनेकाे छैन्। गठबन्धनमा रहेकाे राष्ट्रिय जनमाेर्चा नेपाल भने सरकारमा सहभागी बन्ने विषयमा निर्णय गरेकाे छैन्।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ असार २९, १८: ३०

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७८ असार २९, १८: ३०

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०७८ असार २९, १८: ३०

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...