काेराेना विरूद्धकाे खोप किन्‍न अर्थमन्त्रालयबाट ५ अर्ब निकासा – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

काेराेना विरूद्धकाे खोप किन्‍न अर्थमन्त्रालयबाट ५ अर्ब निकासा


नयाँ विकल्प,


काठमाडाैं- नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोरोनाविरुद्धको खोप खरिद गर्नका लागि ५ अर्ब निकासा गर्ने निर्णय गरेका छन्।

बुधबार सिंहदरबारमा पदभार ग्रहण गर्दै पहिलो निर्णयको रूपमा खोप खरिदलाई प्राथामिकता दिदै काेराेना नियन्त्रयकालागि अग्रपत्तिमा खटिने स्वास्थ्यकर्मीहरूलाई जोखिम भत्ताको रकमसमेत स्वीकृति गरेका छन्।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेलगत्तै बसेको पहिलो मन्त्रीपरिषद्को बैठकले चैत अन्तिमसम्म सबै नागरिकलाई कोरोनाको खोप लगाइसक्ने निर्णय गरेको थियो।

कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि यसअघिको सरकारले गरेको खर्च सार्वजनिक गर्ने निर्णय पनि गरेको थियो।

देउवा सरकारले आगामी असोज मसान्तभित्र एक तिहाइलाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप सुनिश्चित गर्ने निर्णय गरेको छ ।

पदभार ग्रहण गरेसंगै कर्मचारीलाइ निर्देशन दिदै शर्माले कामकाे कुनै नातागाेता, जातपात नहेरी कामकाे आधारमा मुल्याङकन गर्ने समेत बताएका छन् ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार ३०, १३: ४२

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार ३०, १३: ४२

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार ३०, १३: ४२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...