कांग्रेस उपसभापति गच्छदार विशेष अदालतमा हाँजिर – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

कांग्रेस उपसभापति गच्छदार विशेष अदालतमा हाँजिर


नयाँ बिकल्प,

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार बुधबार बिहान विशेष अदालत बबरमहलमा हाजिर भएका छन्।

कांग्रेस उपसभापति समेत रहेका गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको ११३ रोपनी जग्गा हिनामिना प्रकरणमा मुद्धा चलाएको थियो। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको भोलीपल्टै गच्छदार अदालतमा उपस्थि भएका हुन्।

पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदारलाई एक वर्षदेखि विशेष अदालतले पटक पटक हाँजिर हुन सूचना जारी गरेको थियो। अदालतमा बुधबार बिहान पुगेका गच्छदारलाई बयान लिएर मुद्दा प्रक्रिया अगाडि बढाउने तयारी भएको विशेष अदालतका सह–रजिष्टार तथा प्रवक्ता विश्वराज पाण्डेयले जानकारी दिए। अहिले गच्छदारको बयान लिने कार्य भइरहेको छ।

अदालतले गच्छदारको निवासमा पटकपटक म्याद तामेली टाँस गरेको थियो। अख्तियारले गच्छदारविरुद्ध तत्कालिन उपप्रधानमन्त्रीको हैसियतमा ललिता निवास जग्गा प्रकरणमा फाईल पेश गरेको भन्दै ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको बताउँदै आएका छन्। भ्रष्टाचारको मुद्दा लागेपछि उनको सांसद पद निलम्बनमा छ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ असार ३०, १४: ३८

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ असार ३०, १४: ३८

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ असार ३०, १४: ३८

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...