
नयाँ बिकल्प,
काठमाडौं –नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्रीको आकांक्षी भएको बताउने नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महर पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा एक विवादित ठेकेदारलाई सभापति बनाउने चक्करमा लागेका छन्।
कांग्रेसको भदौ १६–१९मा काठमाडौंमा हुने केन्द्रीय महाधिवशेनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने भन्दै हिँडेका महरले सभापति देउवासँग सल्लाहबिना नै पर्शुराम नगरपालिकाका मेयर समेत रहेका बिबादित ठेकेदार भीमबहादुर साउँदलाई सभापति बनाउने भन्दै हिँड्न थालेका हुन्।
शर्मा कन्स्ट्रक्सनका प्रोपाईटर समेत रहेका साउँदले दजनौं स्थानमा एक्लै र संयुक्त रुपमा लिएको ठेक्काको काम अलपत्र पारेका छन्। बिबादित ठेकेदार साउँदले ठेक्का लिएको कञ्चनपुरको हुलाकी राजमार्गको काम पाँच वर्षदेखि अलपत्र छ।
दुई पटक म्याद थप गरिँदा पनि उनको निर्माण कम्पनीले काम पूरा गर्न सकेको छैन। फेरि म्याद थप गर्नका लागि निवेदन दिइएको हुलाकी राजमार्ग आयोजनाका सूचना अधिकारी इन्जिनियर पदम मडै बताउँछन्।
समयमा काम नसकिँदा तेस्रो पटक म्याद थपका लागि निवेदन दिएको र थप भएको कुनै परिपत्र नआएको मडै बताउँछन्। दर्जनौं पूर्वाधार निर्माणको ठेक्का पाएपछि मोविलाईजेसनको नाममा पेश्की लिएर साउँदले काम अलपत्र पार्ने गरेका छन्।
पर्शुराम नगरपालिकाका मेयर साउँदले ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित निसंखे माध्यमिक विद्यालय भवन र ओखलढुंगाकै मान्द्रे दोभानमा रहेको मोलुङ खोलाको पुल निर्माणको ठेक्का पाएका छन्।
२ वर्षमा पुरा गर्नु पर्ने निसंखे माविको भवन र मान्द्रे दोभानको पुल आज सात वर्ष वितिसक्दा पनि निर्माण नभएको प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले बताए। उनले ओखलढुंगाका जनता मोलु खोलामा पुल निर्माण नहुँदा दुख पाएको भन्दै ठेकेदार साउँदलाई झिकाइ दिन भन्दै संसदमा सरकारको ध्यानाकर्षण समेत गराएका थिए।
ठेकेदार साउँद फरार भएको भन्दै स्थानीय तहका जनप्रतिनिधिले समेत जिल्ला प्रशासन कार्यालयमा गुनासो गरेका थिए। ठेकेदार साउँदका कारण ६० देखि ७० जनासम्म मजदुरको बिचल्लि भएको छ।
ठेकेदारसमेत रहेका पर्शुरामका मेयर साउँदलाई डडेल्धुरामा सभापति बनाउनका लागि महरसहितको टोलीको दौडधूप जिल्लामा भन्दा बढी काठमाडौंमा नेताहरुसँग भेट गर्नमा व्यस्त छ।
नेविसंघको २०७३ मा भएको महाधिवेशनमा पार्टीका नेता कृष्णप्रसाद सिटौला समूहका विद्यार्थी नेता कुन्दनराज काफ्लेसँग गठबन्धन गरी बाल बाल अध्यक्ष बनेका महरलाई निर्धारित समयभन्दा ६ महिना थप गर्दा समेत अधिवेशन गर्न नसकेको भन्दै सभापति देउवाले उनी नेतृत्वको नेविसंघ भङ्ग गरेका थिए।
गत असार २१ गते सोमबार बिहान डडेल्धुराका नेताहरु साउदलाई सभापति बनाउनका लागि दबाब दिन देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । उक्त समूहमा संस्थापनइतरका नेताहरुलाई भने सहभागी गराइएको थिएन।
काठमाडौंमा रहेका वर्तमान जिल्ला सभापति कर्ण मल्ललाई समेत उक्त बैठकमा सहभागी गराइएको थिएन। मल्ला प्रदेश सभासद पनि हुन्। साउदलाई सभापति बनाउन नेतृ डा.आरजु राणा पनि सकारात्मक नभएको स्रोतले जनायो।
डडेल्धुराको पार्टी राजनीतिमा गहिरो चासो राख्दै आएकी राणाले मेयर भइसकेका साउदलाई सभापति बनाउँदा पार्टीको आन्तरिक विवाद बढ्ने भन्दै छलफल र सहमतिमा नै अघि बढ्नुपर्ने धारणा राखेको स्रोतको जनायो।
देउवा निवासको उक्त छलफलपछि साउदसहितको टोली बाहिरिएलगत्तै डडेल्धुराको सभापतिमा पक्कापक्की भएको भन्दै समाचार लेखाउन महर व्यस्त भएको कर्ण मल्ल निकटका एक नेताले बताए।
पर्शुराम नगरपालिकाका मेयर समेत रहेका साउँद नेविसंघका पूर्वअध्यक्ष महरका ससुरा भएको बुझिएको छ। जिल्ला सभापतिमा साउँदलाई जिताउन सके आफूलाई केन्द्रीय सदस्य जित्न सजिलो हुने दाउमा महर लागेको डडेल्धुरा कांग्रेसका जिल्ला नेताहरु बताउँछन्।
ससुरा साउँद जिल्ला सभापतिमा पार्टीको संस्थापन पक्षबाट उम्मेदवार बन्ने पक्का भएको र आफूलाई सहमहामन्त्रीमा देउवाले समर्थन गर्ने भित्री सहमति भएको भन्दै महरले पार्टीका प्रभावशाली नेता र विभिन्न ठेकेदार, व्यवसायी र उद्यमीसँग भेटघाट बढाएका छन्।
देउवा टिमबाट पूर्वसभापति रघुवर भट्ट, प्रदेश सांसद गोविन्द बोहोरा र नेता नवलबहादुर मल्लले जिल्ला सभापतिको लागि दाबी गरेका छन्। देउवाइतर टिममा करुणाकर भट्टले सभापतिमा दाबी गरेका छन्।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...