
नयाँ विकल्प,
काठमाडाैं- ललिता निवास जग्गाको भ्रष्टाचार प्रकरणमा आराेप लागेका नेपाली कांग्रेसका उपसभापति पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा तोकेको छ ।
बुधबार विशेष अदालतले उक्त प्रकरणमा गच्छदारलाई थुनामा नराखी धरौटीमा छोड्ने निर्णय लिएको हो ।
यसअघि त्यसै प्रकरणमा जोडिएका नेपाल सरकार तत्कालीन सचिव दीप बस्न्यातलाई भने अदालतले थुनामा पठाएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध उक्त जग्गा प्रकरणमा ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा चलाएको थियो ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...