गुल्मी दरबार गाउँपालिका अध्यक्ष थापाकाे निधन – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

गुल्मी दरबार गाउँपालिका अध्यक्ष थापाकाे निधन


नयाँ विकल्प,


काठमाडाैं- नेपाली कांग्रेसका नेता तथा गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशाेक थापाकाे निधन भएकाे छ ।

नेपाली कांग्रेस गुल्मी १ का क्षेत्रीय सभापति समेत रहेका थापाकाे उपचारकाे क्रममा काठमाडाैंमा निधन भएकाे हाे । कलेजाेमा समस्या देखिएपछि काठमाडाैंकाे जावलाखेलस्थित बलड अस्पतालमा निधन भएकाे नेपाली कांग्रेस गुल्मी पूर्व जिल्ला सभापति चन्द्र केसीले बताए ।

कलेजाे सम्बधी विरामी थापा विगत ४ महिना देखि अस्पतालमा भर्ना भई उपचार भइरहेकाे थियाे। पछिल्लाे निमाेनिया विग्रेपछि विहिबार उनकाे निधन भएकाे नेपाली कांग्रेस गुल्मी स्थापनामा थापा परिवारकाे भुमिका महत्वपूर्ण रहेकाे थियाे ।

नेपाली कांग्रेसकाे नेतृत्वकाे सरकार विरूद्ध ०१७ सालमा कू गरिएसंगै थापाले गुल्मी-अर्घाखाँची जिल्लाकाे शसस्त्र आन्दाेलनकाे नेतृत्व गरेका थिए । जिल्ला विकास समिति गुल्मीकाे पूर्व सदस्य रहेका २०७४ सालमा भएकाे स्थानीय निर्वाचनमा थापाले झण्डै दुइतिहाइ मत ल्याएर गुल्मी दरबार गाउँपालिका अध्यक्षमा चुनाब जितेका थिए ।

जहाँनिया राणा शसनकाे बेला थापाका बुवा गंगा बहादुर थापालाइ राणा शासकहरूले हत्या गरेका थिए। थापा परिवारलाई गुल्मीमा सहिद परिवारका नामले समेत चिनिने गरिन्छ । ७५ बर्षीय थापाका श्रीमती, ४ छाेरा र दुई छाेरी छन् ।

प्रजातन्त्र सेनानी थापाकाे निधन प्रति नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैंडेल, महामन्त्री शशांका काेइराला नेता प्रकाशमान सिंह , डाक्टर चन्द्र भण्डारीले दुःख ब्यक्त गरेका छन् । उनकाे पार्थिव शरिरलाई गुल्मीकाे रिडिमा दाहसंस्कार गरिने भएकाे छ ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ असार ३१, १४: २६

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ असार ३१, १४: २६

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ असार ३१, १४: २६

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...