ओली सरकारले बढाएको भाडा फिर्ता गर्न ५ विद्यार्थी संगठनको सरकारलाई चेतावनी – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

ओली सरकारले बढाएको भाडा फिर्ता गर्न ५ विद्यार्थी संगठनको सरकारलाई चेतावनी

फाइल तस्वीर


नयाँ बिकल्प,

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओबादी लगायतका पाँच राजनीतिक दल निकटका पाँच विद्यार्थी संगठनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले यातायातमा बढाएको भाडा तत्काल फिर्ता गर्न सरकारलाई चेतावनी दिएका छन्।

पाँच विद्यार्थी संगठनको तर्फबाट पाँच विद्यार्थी संगठनका अध्यक्षद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा सार्वजनिक यातायातमा बढाएको भाडा फिर्ता गर्न सरकारसँग माग गरेका हुन्।

उनीहरुले तत्काल भाडा फिर्ता नगरिए आन्दोलनमा उत्रने समेत चेतावनी दिएका छन्। ‘सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडाबृद्धि गरेको छ। सरकारको यो निर्णयले नेपालको विद्यार्थी आन्दोलनलाई आक्रोशित बनाएको छ।

भाडा बृद्धिको निर्णय तत्काल खारेज नगरिएमा कडा संघर्षमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने चेतावनी दिन चाहन्छौ’, विज्ञप्तिमा भनिएको छ।

पाँच विद्यार्थी संगठनले साउन १ गते भोलि यातायात व्यवस्था विभागमा ज्ञापनपत्र पेशपछि आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले जानकारी दिए।

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ असार ३१, १७: ५१

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ असार ३१, १७: ५१

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ असार ३१, १७: ५१

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...