माधव नेपालनिकट युवाले गठन गरे ‘अखिल फोर्स’ – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

माधव नेपालनिकट युवाले गठन गरे ‘अखिल फोर्स’


नयाँ विकल्प,


काठमाडाैं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले अखिल फोर्स गठनको घोषणा गरेको छ ।

महेश बस्नेत इन्चार्ज रहेकाे युथ फाेर्सले एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालकाे घर घेर्ने चेतावनी दिएकाे भाेली फल्ट नेपाल निकट विद्यार्थीहरूले अखिल फाेर्स गठन गरेका हुन् ।

याे संगै एमालेका दुइ समुहमा टकराबकाे स्थीति पैदा हुने देखिएकाे छ । तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स गठन गरिएको छ ।

नेता नेपाल लगायतका आफ्ना नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरबाट धम्कीपूर्ण व्यवहारहरु प्रस्तुत भइरहेको भन्दै त्यसको विरुद्धमा प्रतिकार गर्नका लागि अखिल फोर्स गठन गरिएको बताइएकाे छ ।

बिहीबार अनेरास्ववियु केन्द्रीय कमिटीले उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै अखिल फोर्स गठनको घोषणा गरेको हो। माधव नेपालको घर घेर्ने समाचारहरु बाहिर आएको भन्दै माधव नेपालको घरतर्फ कसैले आँखा लगाए वा खुट्टा लम्काए आफूहरु भौतिक कारबाहीमा उत्रिने चेतावनी समेत दिएका छन् ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ असार ३१, १८: १०

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७८ असार ३१, १८: १०

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०७८ असार ३१, १८: १०

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...