ओलीलाई अर्को झड्काः मुख्यमन्त्री पोखरेल अल्पमतमा परेपछि सदन छाडेर हिँडे – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

ओलीलाई अर्को झड्काः मुख्यमन्त्री पोखरेल अल्पमतमा परेपछि सदन छाडेर हिँडे


नयाँ विकल्प,

बुटवल – प्रधानमन्त्री पदबाट मुक्त भएको दुई दिनमै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लुम्विनी प्रदेश सरकारको कमजोर अवस्थाले अर्को झड्का दिएको छ।

एमाले अध्यक्ष ओलीका विश्वास पात्र तथा राष्ट्रपति विद्या भण्डारीका अघोषित सल्लाहकार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफू अल्पमतमा पर्ने भए पनि प्रदेशको बैठकका कारबाही छोडेर हिँडेका छन्।

सरकारका मन्त्रीहरु र सत्तारुढ नेकपा एमालेका सांसदहरु नै लुम्बिनी प्रदेशसभाको बिहीबार बैठक बहिष्कार गरेका हुन्। सत्ता पक्षले नै बैठक छाडेर हिंडेपछि सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गर्न बाध्य भएका थिए।

प्रदेशसभामा लामो समयदेखि सरकार अल्पमतमा रहेको भन्दै विपक्षी दलका सांसदहरुले बारम्बार आवाज उठाउँदा समेत मुख्यमन्त्री पोखरेल बहुमत रहेको परिक्षण नगरी सदनबाट भाग्दै हिँडेका छन् ।

विपक्षी नेपाली कांग्रेस, नेकपा माओबादी लगायतका दलहरुले बजेट छलफल अगाडि नै यसको निक्र्योल गर्नुपर्ने मत राख्दै आएका छन्।
विपक्षी दलहरुले बजेटमाथि सैद्धान्तिक छलफल गर्नुअघि नै सरकार बहुमतमा छ कि अल्पमतमा भनेर परिक्षण गर्नूपर्ने अडान राखेका छन्।

मुख्यमन्त्री पोखरेलले बजेटबारे निर्णय गर्नुअघि दलहरुबीच छलफल गर्नुपर्ने भन्दै समय मागेका थिए। एमाले सांसदहरुले दलहरुबीच छलफलका लागि केही समय दिन आग्रह गरे पनि विपक्षी दल लगातार छलफल गर्दा पनि सहमति नभएको बताएलगत्तै मुख्यमन्त्री पोखरेल र सत्तारुढ दलका सांसदहरु बैठक छाडेर हिंडेका हुन्। त्यसपछि सभामुखले बैठक स्थगित गरेका हुन्।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ असार ३१, १८: १०

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ असार ३१, १८: १०

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७८ असार ३१, १८: १०

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...