
नयाँ विकल्प,
काठमाडाैं-नेकपा एमाले स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा बसिरहेको छ।
सत्ता बहिर्गमन पछि बस्न लागेकाे बैठकले भावी रणनीति तय गर्ने बताइएकाे छ । बैठकमा माधब कुमार नेपाल- झलनाथ खनाल पक्ष पनि सहभागि हुने र पार्टी निति विपरितका हुने निर्णयमा प्रतिवाद गर्ने बताएका छन् यधपी अहिलेसम्म साे समूहका नेता बैठक स्थलमा पुगेका छैनन् ।

एमालेमा ओली समूहले सर्वोच्चको फैसलाको आलोचना गरेको छ भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्वागत गरेको छ।
पार्टीमा देखिएकाे विवाद समाधानकालागि गठित कार्यदलकाे बैठकले तयार पारेकाे १० बुँदे सहमति पत्रमा उल्लेख भए अनुसार उक्त प्रस्ताव स्थायी कमिटीमा छलफल हुने बताइएकाे छ ।
नेपाल-खनालपक्षले परामर्श विना बाेलाएकाे बैठक राेक्ने प्रयाु गरेकाे थियाे । स्थायी कमिटी बैठकपछि दिउँसो ३ बजे एमालेको संसदीय दलको बैठक बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्दै छ।
सर्वोच्चको फैसलाले केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक एमालेका बैठकहरू बस्न लागेका हुन्।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...