कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा बस्दै – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा बस्दै

नयाँ विकल्प,

काठमाडाैं- सत्तारूढ नेपाली कांग्रेसकाे पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएकाे छ ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे बस्ने गरी पदाधिकारी बैठक बाेलाएका छन् । प्रधानमन्त्री देउवाको व्यस्तताका कारण हिजाे देउवा निवास बुढानिलकण्ठमा बाेलाएकाे पदाधिकारी बैठक स्थगित भएकाे थियाे ।

प्रधानमन्त्री शेरबहादुर देउवा आजै विहान सरकारी निवास बालुवाटार सरेका छन् ।


प्रधानमन्त्री देउवाका सहयाेगी भानु देउवाले बैठक दिउँसाे २ बजे बालुवाटारमा बस्न लागेकाे जानकारी दिए ।

पदाधिकारी बैठकमा १४ औं महाधिवेशन र क्रियाशील सदस्यताबारे देखिएका विवादबारे पदाधिकारी बैठकमा छलफल हुने तथा सरकार गठनमा पार्टीका तर्फबाट सहभागि हुने मन्त्रीहरूकाे बारेपनि छलफल हुने संभावना रहेकाे छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०७८ श्रावण १, १२: ४३

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७८ श्रावण १, १२: ४३

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७८ श्रावण १, १२: ४३

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...