नेकपा एमाले स्थायी कमिटी बैठक राेक्न माधव पक्षकाे आग्रह ओलीद्वारा अस्विकार – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

नेकपा एमाले स्थायी कमिटी बैठक राेक्न माधव पक्षकाे आग्रह ओलीद्वारा अस्विकार


नयाँ विकल्प,


काठमाडाैं- नेकपा एमाले स्थायी कमिटी बैठक राेक्ने माधव नेपाल पक्षले गरेकाे आग्रह अध्यक्ष ओलीले अस्विकार गरेका छन् ।

शुक्रबार नेकपा एमाले स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा बसिरहेको छ।

नेकपा एमाले विवाद समाधानकालागि गठित नेपाल पक्षिय कार्यदलका संयाेजक भिम रावल सदस्यहरू घनश्याम भुषाल, गाेकर्ण विष्ट, सुरेन्द्र पाण्डे, नेता भिम आचार्य बैठक स्थल पुगेका थिए ।

रावलले पार्टीका विवाद समाधानकालागि स्ठायी कमिटीकाे बैठक राेक्ने आग्रह गरेका थिए । रावलकाे आग्रहलाइ अध्यक्ष ओलीले अस्विकार गरेपछि उनीहरू बैठक स्थलबाट बाहिरिएका छन् सत्ता बहिर्गमन पछि बस्न लागेकाे बैठकले भावी रणनीति तय गर्ने बताइएकाे छ ।

एमालेमा ओली समूहले सर्वोच्चको फैसलाको आलोचना गरेको छ भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्वागत गरेको छ।

पार्टीमा देखिएकाे विवाद समाधानकालागि गठित कार्यदलकाे बैठकले तयार पारेकाे १० बुँदे सहमति पत्रमा उल्लेख भए अनुसार उक्त प्रस्ताव स्थायी कमिटीमा छलफल हुने बताइएकाे छ ।

स्थायी कमिटी बैठकपछि दिउँसो ३ बजे एमालेको संसदीय दलको बैठक बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्दै छ। उक्त बैठक समेत नेपाल पक्षले बहिस्कार गर्ने संभावना रहेकाे छ

सर्वोच्चको फैसलाले केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक एमालेका बैठकहरू बस्न लागेका हुन्।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०७८ श्रावण १, १३: ३२

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७८ श्रावण १, १३: ३२

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७८ श्रावण १, १३: ३२

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...