नेपाली सेनाले कार्यान्वयन गर्याे सांगठनिक पुनर्संरचना – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

नेपाली सेनाले कार्यान्वयन गर्याे सांगठनिक पुनर्संरचना


नयाँ विकल्प,


काठमाडाैं- नेपाली सेनाले पुनर्संरचना कार्यान्वयन गरेकाे छ । २४ असार मा मन्त्रीपरिषद्‍ले गरेकाे निर्णयबाट नेपाली सेनाकाे सांगठनिक
पुनर्संरचना गरिएकाे सेनाले जनाएकाे छ ।

नेपाली सेनाले ८ पृतनालाइ हटाएर ‘थ्री प्लस वान’ कामाण्डकाे संरचना बनाएकाे थियाे । गत चैत २० गते बसेकाे मन्त्रीपरिषद्‍ बैठकले नेपाली सेनाको ३ जोड १ कमाण्ड संरचनालाई स्वीकृति गरेकाे थियाे ।

नेपाली सेनाकाे मुख्यालय जंगी अड्‍डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापतिहरुलाई कमाण्ड तथा झण्डा हस्तान्तरण गरेका छन् ।

साे कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्मा लगायत जंगी अड्‍डा स्थित विभिन्न कार्यालयका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको नेपाली सेनाले जनाएकाे छ ।


उक्त कार्यक्रम सम्बोधन गर्दै सेनापति थापाले कमाण्ड सेनापतिहरुलाई सफल कार्यकालको शुभकामना समेत दिएका थिए । साथै, सोही कार्यक्रममा महारथी थापाले विशेष स्वरुपमा तयार गरिएको प्रधान सेनापति छडि समेत ग्रहण गरेका थिए ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण १, १७: ३१

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ श्रावण १, १७: ३१

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ श्रावण १, १७: ३१

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...