केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमणः कांग्रेस भन्छ -निन्दनीय र अनुशासनहिन काम – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमणः कांग्रेस भन्छ -निन्दनीय र अनुशासनहिन काम


नयाँ बिकल्प,
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् कृयाशिल सदस्यता छानबिन समितिका सदस्य शयामकुमार घिमिरेमाथि शुक्रबार आक्रमण भएको छ।

उनीमाथि पार्टीकै असन्तुष्ट केही जिल्ला नेताहरुले आक्रमण गरेको स्रोतले जनाएको छ। नेता घिमिरेमाथि शुक्रबार साँझ भएको सो आक्रमण अत्यन्तै निन्दनीय रहेको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्।

कृयाशिल सदस्यताको छानबिन स्थल तिलगंगास्थित धर्मशालामा पुगेर केही असन्तुष्ट नेताले क्रियाशिल सदस्यता छानबिन समितिले काम गरिरहेको अवस्थामा एकाएक आक्रामण गरिएको थियो।

महाधिवेशन तयारीमा शुक्रबार बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकले घटनालाई गम्भीरतापूर्वक लिएको थियो। कोभिड महामारीका बीच पनि केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा रहेकोे कृयाशिल सदस्यता छानबिन समितिले रातदिन कार्य सम्पादन गरिरहेको बिषयलाई पार्टी नेतृत्व तहले बैठक क्रममा उच्च सह्राहना गरेको प्रवक्ता शर्माले बताए।

उनले समितिको कार्यलाई सघाउनु पार्टीका हरेक तहको नेतृत्व र सदस्यको जिम्मेवारी रहेकोे भन्दै सदस्यता सम्बन्धि कुनै निर्णय उपर निर्दिष्ट गरिएको उजुरीको निश्चित विधि र सुनुवाइको प्रक्रिया बाहिर गएर प्रकट हुने अराजक, अनुशासनहिन र दण्डनीय गतिविधि अस्वीकार्य भएको बताएका छन्।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ श्रावण २, १४: ३४

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ श्रावण २, १४: ३४

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७८ श्रावण २, १४: ३४

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...