प्रधानमन्त्री देउवाले आजै विश्वासकाे मत लिने – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

प्रधानमन्त्री देउवाले आजै विश्वासकाे मत लिने


नयाँ विकल्प,


काठमाडाैं- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा आजै विश्वासकाे मत लिने भएका छन् ।

विश्वासको मत लिनका लागि संसद सचिवालयमा पत्र दर्ता भइसकेकाे छ ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

संसद सचिवालय स्रोतका अनुसार सोही व्यवस्था बमोजिम प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्।

पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै छ। बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ। बैठकमा सरकारका तर्फबाट संसद सचिवालयमा पेश भएको उक्त पत्र कानुन,न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पेश गर्दैछन्।

बैठकले प्रतिनिधि सभा बैठकका अरू एजेन्डाहरू पनि तय गर्ने छ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण ३, ११: ३२

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ श्रावण ३, ११: ३२

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ श्रावण ३, ११: ३२

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...