ओलीको पालामा राजदूत नियुक्त ९ लाई फिर्ता बोलाउने सरकारको निर्णय – Naya Bikalpa
August 26, 2026, Wednesday      Epaper
राजदूतमा नियुक्त भएर पदभार ग्रहण नगर्दै पदमुक्तः

ओलीको पालामा राजदूत नियुक्त ९ लाई फिर्ता बोलाउने सरकारको निर्णय



नयाँ बिकल्प,
काठमाडौं –पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको ९ देशका राजदूतलाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ।
नेकपा एमालेको ओलीसमूह निकटका राजनीतिकर्मी ९ जनालाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत वैशाख २६ गते विश्वासको मत लिने अघिल्लो दिन नियुक्त गरेको थियो। तथापी ओलीले वैशाख २७ गते विश्वासको मत लिन नसक्ने भनी राष्ट्रपतिलाई पत्र लेखेका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ओली नेतृत्वको सरकारले गत बैशाख २६ गते नियुक्त गरेका ११ राजदूतमध्ये परराष्ट्र सेवाका दुई सहसचिववाहेकका ९ जनालाई फिर्ता बोलाउने निर्णय गरेको हो।
प्रतिनिधिसभामा विघटन गरेका कारण संसदीय सुनुवाइ नभए पछि उनीहरु ४५ दिनपछि राजदूतमा नियुक्ति गरिएको थियो। ओली सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव जीवनप्रकश श्रेष्ठ र निर्मलराज काफ्लेलाई क्रमशः अष्ट्रेलिया र इजिप्टको राजदूतमा सिफारिस गरेको थियो । राजदूतमा नियुक्त श्रेष्ठ नियुक्त
सेवाबाट सिफारिस गरेका राजदूतहरूमा अस्ट्रियाका लागि निर्मलराज काफ्ले र इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ छन्। फिर्ता बोलाउने निर्णय गरिएका राजनीतिक आधारमा सिफारिसमा परेका राजदूतमध्ये एमालेका केन्द्रीय सदस्य समेत रहेका झापाका युवराज कार्की, एमाले झापाका कार्यकर्ता नारायणप्रसाद संग्रौला र ओलीको गृहनगर दमककी औषधी व्यवसायी सुमित्रा सुवेदी भण्डारी छन्।
पूर्वप्रधानमन्त्री ओलीले पूर्वसांसद कुलप्रसाद नेपाल, मुश्लिम संगठनका पूर्वअध्यक्ष मेराज मुसलमान लगायतलाई नियुक्ति दिएका थिए। एमाले नेता कार्कीलाई भने परराष्ट्र मन्त्रालयले योग्यता संशोधन गरी राजनीतिक पृष्ठभूमिका राजदूतलाई स्नातकोत्तर तह गरेको हुनु नपर्ने गरी नियमावली संशोधन गरेकोमा सर्वोच्च अदालतले खारेज गरिदिँदा राजदूत नियुक्ति बद्धर भएको थियो।
राजदूत नियुक्त भएकाहरु परराष्ट्र मन्त्रालयद्वारा उपलब्ध गराउने कुननीतिक ओरिएन्टेसन समेत लिन पाएका थिएनन् । परराष्ट्र सेवामै सहसचिव भएर न्युयोर्कमा रहेका श्रेष्ठ भने हाल सेवा निबृत्त भएका छन्।

फिर्ता बोलाइएका राजदूतहरु


–दक्षिण कोरियाकालागि त्रिविवि राजनीति शास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मा,

–अस्ट्रेलियाकालागि सिविन नामक एनजीओ संचालक सुम्नीमा तुलाधर

–बहराइनकालागि एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री युवराज कार्की,

–श्रीलंकाकालागि बिराटनगरका पूर्वमेयर रमेशचन्द्र पौडेल

–म्यानमारका लागि झापा एमालेका कार्यकर्ता नारायणप्रसाद संग्रौला

ब्राजिलका लागि एमालेका पूर्वसांसद पाल्पाका कुलप्रसाद नेपाल

–डेनमार्कका लागि अखिल नेपाल महिला संघका झापाकी पूर्वअध्यक्ष सुमीत्रा सुवेदी भण्डारी,

–साउदी अरेबियाका लागि मुश्लिम संगठनका पूर्वअध्यक्ष मेराज मुसलमान

–रसियाका लागि रुषी भाषा अनुवादक बामपन्थी नेता जंगबहादुर चौहान

सम्बन्धित समाचार

संसद्‌मा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
संसद्‌मा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
  • २०७८ श्रावण ३, १३: ०८

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार दिउँसो १...

पार्टीले कारबाही गरेको व्यक्तिले गरेको सम्झौता अवैधानिक, सत्ताका लागि माओवादीले गणतन्त्र र संघीयता नै त्याग्यो
पार्टीले कारबाही गरेको व्यक्तिले गरेको सम्झौता अवैधानिक, सत्ताका लागि माओवादीले गणतन्त्र र संघीयता नै त्याग्यो
  • २०७८ श्रावण ३, १३: ०८

काठमाडौं : बागमती प्रदेशमा नयाँ सत्ता समीकरणसँगै बनेको सरकार र त्यससँग जोडिएको समझदारी–पत्रमाथि गम्भीर राजनीतिक प्रश्न उठ्न थालेको छ ।...

मनसुनयता सरदरभन्दा कम वर्षा
मनसुनयता सरदरभन्दा कम वर्षा
  • २०७८ श्रावण ३, १३: ०८

काठमाडौं : यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले...