पूर्वप्रधानमन्त्री खनालद्वारा देउवालाई विश्वासको मत दिन एमाले सांसदलाई आव्हान – Naya Bikalpa
August 18, 2026, Tuesday      Epaper

पूर्वप्रधानमन्त्री खनालद्वारा देउवालाई विश्वासको मत दिन एमाले सांसदलाई आव्हान


नयाँ बिकल्प,

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिन एमालेका सवै सांसदहरुसँग आग्रह गरेका छन्।

आइतवार नयाँ दिल्लीस्थित एपोलो अस्पतामा उपचार गराई रहेका खनालले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘देउवा सरकारलाई विश्वासको मत प्रदान गरौं, सकेसम्म पार्टीमा सर्वसम्मत बनाउन कोशिस गरौं। त्यो भएन भने विधिपूर्ववक अन्तरपार्टी बैचारिक बहसहरु संचालन गरौं।’

सर्वोच्च अदालतको गत असार २८ को घोषणाले पाँच वर्ष अवधि भएको संसदलाई बचाएको भन्दै त्यसको कार्यान्वयन गर्न र एकाताबद्ध बनाएर अघि बढ्न जो कसैले जुनसुकै कुरा त्याग गर्न सक्नु पर्ने उनले बताएका छन्।

खनालले देउवा नेतृत्वको सरकारलाई दुई वर्ष निर्वाद रुपले चल्न दिनुपर्छ भन्दै यो सरकारलाई सबै लोकतान्त्रिक, देशभक्त, प्रगतिशिल र वामपन्थीहरुको समेत साझा सरकार बनाउन आव्हान गरेका छन्।

प्रधानममन्त्री शेरबहादुर देउवाले संविधानेका धारा ७६ बमोजिम लिनु पर्ने विश्वासको मत आजै आइतबारको प्रतिनिसिसभा बैठकमा लिने तयारी गरिरहेको अवस्थामा पूर्वप्रधानमन्त्री देउवाको यस्तो वक्तव्य आएको हो।

हेर्नुस खनालको लिखित वक्तय –

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ श्रावण ३, १३: ४३

काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७८ श्रावण ३, १३: ४३

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
  • २०७८ श्रावण ३, १३: ४३

काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...